भद्रपुर । छठ पर्वलाई मध्यनजर गर्दै निर्माण गरिएको अस्थायी बाँसे पुलमा केहि दिन देखि पुल प्रयोग गरेवापत रकम लिने गरेको पाइएको छ । नेपाल भारत सीमा क्षेत्र जोड्ने झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण गरिएको बाँसे पुलमा रकम उठाउने गरेको पाइएको हो । भद्रपुर नगरपालिकाको आदेशमा बाँसे पुलमा चढ्ने सवारीसाधनबाट रकम उठाउन थालेको उनिहरुले बताएका छन् ।
मैथिल समाज भद्रपुरको सहकार्य र नगरपालिकाको लगानीमा छठ पर्वलाई मध्यनजर गर्दै प्रत्येक बर्षझै यसबर्ष पनि नदीमा अस्थायी बाँसे पुल बनाएको हो । विगतमा नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै केही बर्षदेखि बाँसे पुलमा रकम असुल्न कार्य बन्द गराएको थियो । तर, यसबर्ष फेरी नगरपालिकाले रकम असुल्न थालेको छ । नगरपालिकाले एक लाख ५० हजार लागतमा ठेक्का मार्फत छठ पर्वलाई लक्षित गरी बाँसे पुल निर्माण गरेको हो । छठ पर्वकै दिन बाँसे पुल भत्किएपछि श्रद्धालुमा होहल्ला मचिएको थियो । नगरपालिकाले ठेक्का मार्फत नै कमजोर पुल निर्माण गरेपछि यसबर्ष पुल भत्किएको थियो । छठ सकिएको चार दिन पछि फेरी नगरपाकिालले पुल बनाएको छ । भद्रपुर मेची नदी किनारमा रहेका केही युवा समुहले हनुमान मन्दिर बनाउने भन्दै नगरपालिकासंगको सहकार्यमा रकम उठाउन थालेको हो । सर्वसाधारण बाहेक पुलवाट सवारी साधन वारपार गर्ने यात्रुसँग युवाहरुले टेबल राखेर रकम लिन थालेका छन् । पुलमा सवारी साधन हिडाए वापत मोटरसाइकलबाट १०, र साइकलबाट ५ रुपैया असुल्न थालेको हो । नगरपालिकाको टिकट बिना रकम उठाइँदैछ । हनुमान मन्दिर जर्णि अवस्थामा रहेकोले मन्दिर मर्मत संभार र बाँसे पुल भत्किएमा बनाउने सर्तमा नगरपालिकाले ती युवा समूहलाई रकम असुल्न अनुमति दिएको बुझिएको छ । पुलमा रकम उठाएको उनिहरुले स्वीकारेका छन् । मन्दिर मर्मतको लागि भद्रपुरका उद्योगी,व्यापारी,संघ संस्थाले नदिएपछि नगरपालिकासग समन्वय गरेर रकम उठाइरहेको उनिहरुको भनाइ छ ।
युवा समूहले पहिला आफै बाँसे पुलमा रकम असुल्ने कार्यको बिरोधमा उत्रिएका थिए । ती मध्ये केहीले सञ्चारकर्मी समेतलाई फोन गरेर यस्तो कार्य बन्द गराउन लेख्नु पर्ने जानकारी समेत गराएका थिए । भद्रपुर मारवाडी संघले बाँसे पुलमा रकम उठाउन नगरपालिकासंग लिखित सम्झौता गरिसकेको जानकारी पाएपछि सम्झौताको बिरुद्धमा नगरपालिका पुगेका थिए । उनीहरुले रणीनितक योजना बनाएर हनुमान मन्दिरको नाममा रकम उठाउने नगरपालिका समक्ष प्रस्ताव अघि सारेपछि नगरपालिकाले ती युवा समुहलाई नै रकम उठाउन अनुमति दिएको हो ।
भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर मारवाडी सेवा समितिलाई पुलको जिम्मा दिने भन्ने एक प्रकारको निर्णय भइसकेको थियो । पछि त्यहाँका केही युवा र स्थानीयले आफै पुलको जिम्मा लिने भनेपछि हनुमान मन्दिर समितिलाई जिम्मा दिएको उनले बताए । मन्दिर समितिले मासिक १५ हजार नगरपालिकामा बुझाउने गरि जिम्मा दिएको उनले बताए । पुलवाट उठेको रकमले मन्दिर तथा पुलको मर्मत समितिवाट नै गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।
यता भद्रपुर मारवाडी सेवा समितिका पदाधिकारीले नगरपालिकाले हामीसंग गरेको निर्णय उल्टिएको बारेमा कुनै जानकारी नआएको बताए । निर्णय हामीसंग गरेर अर्कै समितिलाइ रकम उठाउन नगरपालिकाले दिएको बारे अचम्ममा परेको बताए । त्यस्तै मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले विगत बर्ष झै यसबर्ष पनि नगरपालिकाले पुलमा निशुल्क सेवासुविधा दिनुपर्ने बताए । यसबारेमा नगरपालिकासंग कुरा गरे पनि नगरपालिकाले लगानी गरेको बिषयमा सम्पूर्ण अधिकार नगरपालिकाकै स्वामित्व रहेको उनले प्रस्टाए ।
वर्षाको समयमा नदीमा डुङगा चलाएर रकम उठाइरहेका उनिहरुले छठ पर्व पछि डुङगा (नाउ) बन्द गरि बाँसे पुलवाट रकम लिन थालेको स्थानीयले बताएका छन्
नगरपालिकाको आदेशमा मन्दिरको नाम गरि बाँसेपुलवाट रकम असुली
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































