शनिश्चरे/बाम गठबन्धनलाई जिताउने अभियानका रुपमा नेकपा एमाले र माओवादी केन्द्रमा आवद्ध शिक्षकहरुले मोरङमा सहकार्य अघि बढाएका छन् ।

सहकार्यका लागि जिल्लाको १७ इकाईमध्ये पथरीशनिश्चरेमा एमाले निकट नेपाल राष्ट्यि शिक्षक संगठन र माओवादी निकट अखिल नेपाल शिक्षक संगठनको नगर कमिटीबीच बैठक भएको छ । शुक्रबारको बैठकले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकाल, प्रदेश ‘क’ की उम्मेदवार गीता तिम्सिनालाई जिताउने अभियानमा एकवद्ध भएर लाग्ने निर्णय गरेको छ । कार्तिक २५ गते दुवै पक्षका शिक्षकहरुको भेलाले संयुक्त कार्यदल समेत गठन गर्ने निर्णय भएको नेपाल राष्ट्यि शिक्षक संगठनका नगर सचिव रोहिणी घिमिरेले बताए । बैठकमा बोल्दै उम्मेदवार भानुभक्त ढकाल र गीता तिम्सिनाले बामगठवन्धनलाई मूर्त रुप दिने गाउँस्तरसम्मको अभियानमा शिक्षकहरुको भूमिका ज्यादै महत्वपूर्ण रहने चर्चा गर्दै शिक्षकहरुको यसबेला झनै कसिलो साथ चाहिएको जनाए ।