पाँचथर/ सदरमुकाम फिदिममा रहेको नयाँ नमुना माविमा अध्ययनरत पाँच विद्यार्थीलाई निशूल्क सोलार वितरण गरिएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले विद्यालयका दलित, गरीब जेहेन्दार तथा जनजाति बिद्यार्र्थीलाई सोलार वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत उमा राई, विषाल तुम्बापो, मञ्जु राई, भीमा वि.क. र विषाल कन्दङ्वालाई दश–दश वाटको सोलार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक टंक प्रसाद मिश्रले बताए ।

सरकारी अनुदानको उक्त सोलार विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस भन्ने उदेस्यले वितरण गरिएको एइपिसीले जनाएको छ ।