शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका १० की क्यान्सर पिडीत महिला इन्दिरा लिम्बूको उपचारका लागि नगरका विद्यालयहरूसहितले १ लाख रूपैयाँ हाराहारी सहयोग संकलन गरेका छन् । सो वडास्थित हिरक आधारभुत विद्यालयका शिक्षक असल पयाङ्गोकी श्रीमती लिम्बूको स्तन क्यान्सरको उपचारको लागि विद्यालयहरूले रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।
जसमा अरूणोदय आवासिय माविले ११ हजार १ सय ५०, जनता माविले १० हजार, सिहवाहिनी माविले १० हजार, वीरेन्द्र सार्वजनिक मावि अमरदहले ८ हजार ६ सय ६०, ज्ञानोदय माध्यमिक विद्यालय धरानले ८ हजार ५ सय ६५ रूपैयाँ प्रदान गरेको छ । दिदिबहिनी सहकारीका शेयर सदस्यबाट ७ हजार १ सय १५, पथरीशनिश्चरे १० का श्याम घतानीबाट ५ हजार १ सय, पञ्चायत माविबाट ५ हजार, बुद्ध माविले ५ हजार, वाल्मीकि मेमोरियल माविबाट ५ हजार, जालपा प्राविबाट ३ हजार ६ सय, दुर्गा माविबाट ३ हजार १ सय रूपैयाँ उपलब्ध भएको पिडीत परिवारले जनाएको छ ।
चन्द्रकिरातेश्वर माविले ३ हजार, सुनाखरी माविले ३ हजार, पथरीशनिश्चे १ की मन्जु बस्नेतले ३ हजार, सरस्वती प्राविले २ हजार ९ सय, भालढुङ्गा मावि धरानबाट २ हजार ३ सय १५, बालकल्याण माविले २ हजार २ सय, केवि मेमोरियल बोर्डिङले २ हजार, साङग्रिला एकेडेमीले २ हजार, भुपु सैनिक बोर्डिङले २ हजार, मिलन प्राविले १ हजार २ सय ?पैयाँ उपलब्ध गराएको छ । यसैगरी, जुनतारा बोर्डिङबाट १ हजार, प्यागोडा बोर्डिङबाट १ हजार, दिवान कला केन्द्रबाट ५ सय ५, नीशा चुडालबाट ५ सय ५, युवराज राईबाट ५ सय, जीवन लिम्बूबाट २ सय रूपैयाँ सहयोग उपलब्ध भएको छ ।