नयाँ सरकारको प्रधानमन्त्रीका लागि एकमात्र दावेदार रहेका नेकपा एमालेका अध्यक्ष ओलीले केही दिन पहिलेको कुराकानीका क्रममा मध्य पुषसम्म नयाँ सरकार गठन भइसक्ने बताएका थिए ।
निर्वाचन आयोगले शुक्रवार सम्ममा समानुपातिक तर्फको मतगणना सक्ने तयारी गरेको छ । समानुपतकि तर्फको मतगणना सकिए लगत्तै आयोगले अन्तिम नतिजा राष्ट्रतिलाई बुझाउने छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
प्रत्यक्ष तर्फ १६५ सीट मध्ये एमालेले ८० सिट जितेको छ । समानुपातिक तर्फपनि उसको अग्रता कायम छ । प्रत्यक्षमा माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११ तथा संघीय समाजवादी फोरमले १० सीट जितेका छन् ।