काठमाडौं/ प्रहरीले १ लाख रुपैयाँ घुससहित भक्तपुर मालपोत कार्यालयका कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। नायब सुब्बा देवराज काफ्लेलाई अख्तियारको टोलीले बिहिबार दिउसो कार्यालय भवनबाटै पक्राउ गरेको हो। उनले सूर्यबिनायक– ९ नंखेलको जग्गा डोरपासका लागि पैसा मागेका थिए । कार्यालयको अन्डरग्राण्डमा सेवाग्राहीसँग घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्।
१ लाख घुससहित मालपोतका कर्मचारी पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































