काठमाडौं / पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

राजधानीमै एक नेताको घरमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

निर्वाचन सम्पन्न भएर परिणाम आइसकेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्दै आएको नियुक्ति, नयाँ सरकार गठन र गठबन्धनको आगामी यात्राका विषयमा छलफल जारी छ।