एजेन्सी । अधिकांश युवतीहरु आफ्नो बिवाहपछि मोटाउने गर्दछन् । बिवाहअघिको तुलनामा बिवाहपछि शारीरिक र मानसिक रुपले परिपक्वता हुने गर्दछन् । खासमा युवतीहरुको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ र बिवाहपछि उनीहरुमा रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।
चिकित्सकका अनुसार, विवाह पछि युवतीहरूले आफ्नो पतिसँग शारीरिक सम्बन्ध राख्ने भएकोले उनीहरूको शरीर रिप्रोडक्शन अर्थात् प्रजननको लागि तयार हुन्छ ।
साथै शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर यिनै हार्मोन्स सक्रिय हुनुको कारण शरीरिक र मानसिक परिवर्तन देखिन थाल्छः
कपला बढ्नुः
युवतीहरूमा विवाहपछि एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ, जसले कपाल बाक्लो र कालो बनाउन मद्दत गर्छ।
गन्धमा परिवर्तनः
विवाहपछि युवतीहरुको शरीरमा एस्ट्रोजन बढ्ने भएकोले यसले शरीरको गन्धमा परिवर्तन हुन्छ ।
महिनावारी परिवर्तनः
बिवाहपछि युवतीहरुमा महिनावारी चक्रमा कुनै परिवर्तन नभएपनि हर्मोन्स सक्रिय हुने भएकोले महिनावारी ढिलो वा चाडो नै हुने गर्दछ ।
मोटाउनुः
बिवाह भएपछि युवतीहरुमा हार्मोनल परिवर्तन आउने भएकोले पहिलेको भन्दा धेरै खानेकुरा रुच्ने र भोक लाग्ने गर्छ। जसले वजन बढ्न मद्दत गर्दछ।
बोसो बढ्नुः
बिवाहपछि युवतीहरुको पेट, छाती र तिघ्रामा बढी बोसो जम्मा हुन्छ। जसले गर्दा विवाहपछि युवतीहरुलाई मोटो देख्ने गर्दछ।