काठमाडौं/काठमाडौंको टेकुमा रोकिराखेको गाडीमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ ।
मंगलबार राति ना ५ ख १६४३ नम्बरको रोकिराखेको ट्रकमा बा ३० ख ६११९ नम्बरको मोटरसाइकल ठोक्किँदा ढल्कु क्षेत्रपाटीका २४ वर्षका बिक्की महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ । महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो ।
रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































