धरान/वडास्तरीय अठारौं रेडबुल गोधुली कपको उपाधिका लागि धरान–१७ र ८ आमनेसामने भएका छन् । पाँचौंपटक उपाधिको लागि भिडन्त गरिरहेको धरान–१७ यो पटक विरासत जोगाउने दाउँमा छ । यता धरान–८ ले भने चारपटक उपाधि उचाल्दै गोधुलीमा दोस्रो सर्वाधिक पुरस्कार जित्ने वडा बनेको छ । यसपटक पनि उपाधि उचाल्ने दाउँका साथ मैदानमा उत्रिदै छ । धरान–१७ ले अठारौं उपाधि उचाल्ने तयारीमा छ । साविक उपविजेता धरान–१७ पछिल्लो पटक १५ औं गोधुलीमा पनि उपविजेतामै चित्त बुझाएको थियो । रोमान्चक त के भने १५ औं गोधुलीमा पनि धरान–८ सँग नै भिडन्त गरेको थियो । त्यो बेला उपविजेता मै चित्त बुझाएको धरान–१७ ले यो पटक बदला लिने तयारीमा मैदानमा उत्रिन लागेको टिम व्यवस्थापक योगेन राईले बताए । यो पटक धरान–१७ बाट तीनजना ए डिभिजन लिग खेलिसकेको खेलाडीहरु छन् । जसमध्ये प्रकाश बुढाथोकी त राष्ट्रिय खेलाडी नै हुन् । उनले यस अघिको सेमिफाइलनमा २ गोल गर्दै आफूलाई सावित गरिसकेका छन् । त्यस्तै ए डिभिजन खेलिसकेका सुरज सुनुवार र हेमन्त थापा मगर पनि मैदानमा छन् । हेमन्तको कप्तानीमा मैदानमा उत्रिन लागेको धरान–१७ ले यो पटक जित्ने दाबी गरेको छ । ‘खेल टफ हुन्छ । डु एण्ड डाईमा गेम हुन्छ ।’ कप्तान हेमन्तले भने, ‘यो पाली जितिन्छ ।’ यता धरान–८ मा युवा खेलाडीहरुको बर्चश्व छ । सविन मगर, सुरेश लिम्बू, हेम लिम्बू, मनिष गुरुङलगायतका युवा खेलाडीहरु छन् । यो पटक धरान–१७ लाई निर्धारित समयसम्म रोक्ने दाउँमा धरान–८ छ । ‘हामी डिफेन्सिभ खेल खेल्छौं ।’ प्रशिक्षक तीर्थ मगरले भने, ‘ट्राइबेकरमा पु¥याउने तयारी छ ।’ ट्राइबेकर ५०–५० प्रतिशत हुने भएकाले पनि धरान–८ को रक्षात्मक खेल हुने छ । यो पटकको विजेताले गतवर्ष भन्दा २५ हजार रुपैया बढी अर्थात् १ लाख रुपैयासहित ट्रफी पाउने छ । त्यस्तै उपविजेताले नगद ५० हजार रुपैया पाउने छ । प्रथम पुरस्कारको प्रायोजन धरान–१७ समाज हङकङले गरिरहेको छ । त्यस्तै व्यक्तिगत तर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, फाइलन खेलको म्यान अफ दी म्याच, बेष्ट गोलरक्षक, बेष्ट डिफेन्स र अनुशासित वडालाई पनि पुरस्कृत गरिने क्लवका सचिव युवराज अधिकारीले बताए ।