सुनसरी । नेपालमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप प्रतियोगिता उद्धाटन गर्ने राष्टपति विद्यादेवि भण्डारी आउँने भएकी छिन । नेपालमै पहिलो पटक मदन भण्डारीको नाममा हुन लागेको सर्वाधिक राशीको फुटवल प्रतियोगिता उद्घाटन गर्ने हेलि क्याप्टर मार्फत राष्टपति इटहरी आउँने भएकी हुन । पूर्वकै सबैभन्दा जेठो र स्थापित राष्ट्रिय जागृति क्लब इटहरीले इटहरीको प्रदेश स्तरीय रंगशालामा हुने प्रतियोगितामा भण्डारी आउँने पक्का पक्की भएको सुनसरी जिल्ला खेलकुद विकास समितिको कार्यवहाक अध्यक्ष तथा जागृति क्लबका अगुवा अनुरोध थापाले वताए । उनले माघ ६ गते प्रतियोगिता उद्घाटनका लागी राष्टपति आउँने कार्यक्रम पक्का भयो । प्रतियोगितालाई भब्य बनाउँन तयारी ब्यापाक गरेको उनको भनाई छ । नेपालको सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हुन लागेको हो । प्रथम विजेताले १२ लाख नगद सहित ५० तोलाकोे चादीको कपमा ४ तोला सुनको बल पुरस्कार पाउँने छन । उपविजेताले ५ लाख रुपैया पाउँने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले २५ हजार नगद सहित ३२ इन्चको टिभि,प्रत्येक खेलको म्यान अफ द म्याच १० हजार र विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले नगद २० हजार पाउँने छन । यो प्रतियोगिता पूर्वको मात्र हैन नेपालकै सबैभन्दा ठुलो धनराशीको पुरस्कार हो क्बलका थापाले भने । इटहरीमा हुन लागेको यो प्रतियोगिता अहिले सम्मकै ठुलो भएको कारण रंगशाला रंग्याउँने काम तिब्र गतिमा भईरहेको राष्ट्रिय जागृति क्बलका अध्यक्ष संजिव ढुंगानाले वताए । नेपालकै ठुलो राशीको प्रतियोगिता भएको थिएन यो हाम्रो लागी गौरभको कुरा हो उनले थपे । रंगशालामा क्षेत्रमा प्याराफिडमा रंगरोगनको कार्य तिब्र गतिमा भईरहेको उनको भनाई थियो । प्रतियोगिता देशकै शान भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले वताए । इटहरीमा सर्वाधिक ठुलो प्रतियोगिता हुन लागेको भन्दै राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने वताए । मदन भण्डारीको नाममा प्रतियोगिता हुनु आर्फैमा राम्रो भएको उनको तर्क थियो । प्रतियोगितामा ८ टिमले सहभागीता जनाउँने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ,त्रिभुव आर्मी क्लब काठमाण्डौ, थ्रिस्टार क्लब काठमाण्डौ,एपिएफ काठमाण्डौै, रमफम झापा ११ , राष्ट्रिय जागृति क्लब आयोजक ,भुटान ग्युप एयर भुटान, जरीफा स्पोर्ट क्लब कलकता भारतले सहभागीता जनाउँने छन ।