मोरङ । मोरङको बेलबारी नगरपालिका-९ भक्का चोक बस्ने ५४ बर्षिय ईश्वरचन्द्र विस्वासको भान्सा तथा गाई गोठमा शनिबार आगलागी भएको छ।

बेलुका ९ बजेतिर विस्वासले बालेको घुरबाट अचानक लागेको आगोले उनको गोठ, पराल, र फर्निचरसमेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। यता मोरङको बुढिगंगा गाउँपालिका-४ पोठिया बस्ने अब्दुल पाश्वानकी श्रीमती २० बर्षिया यसोदा पाश्वान आगोले पोलेर घाइते भएकी छिन्।

बेलुका ७ बजेतिर भान्सामा खाना पकाउने क्रममा उनको कम्मर मुनिको भाग जलेको स्थानियले बताए। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।