धरान/पाँचौं युनाइटेड गोर्खा एकेडेमी खुल्ला भलिबल प्रतियोगिताको उपाधि छात्रमा आयोजक युनाइटेड गोर्खा एकेडेमी ए र छात्रामा इटहरीको हाम्राे बोर्डिङ स्कुलले जितेको छ ।
युनाइटेड गोर्खाको भलिबल कोर्टमा शनिबारको फाइलन खेलमा आयोजक युजिएले पूर्व क्षेत्रीय प्रहरी स्कुललाई ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो । त्यस्तै छात्रामा हेक्रेटहार्डले धरानको डिपो स्कुललाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । उपाधि जितेका दुबै टिमले जनही नगद १५ हजार रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र जितेको छ ।
त्यस्तै उपविजेता बनेका टिमहरुले पनि जनही नगद १२ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । साथै, छात्रमा तरहराको ज्ञानदर्पण स्कुल तेस्रो बनेको छ । ज्ञानदर्पणले हाम्रो बोर्डिङ स्कुललाई ३–१ को सेटमा हराएको थियो । यता छात्रामा सेक्रेट हार्ड स्कुल तेस्रो बनेको छ । उसले युरेका स्कुललाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बनेको हो ।
तेस्रो बनेका टिमहरुले नगद १० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक युजिएका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । उनका अनुसार छात्र तर्फ बेष्ट डिफेन्स युजिए ए का असिम राई, बेष्ट लिफ्टर ज्ञान दर्पणका विश्वास मगर, बेष्ट स्पाइकर पूर्व क्षेत्रीय प्रहरीका विवेक चौधरी, बेष्ट ब्लकरमा युजिए ए का हाङदीप राई, र बेष्ट प्लेयरमा युजिए ए का रिजन विष्ट घोषित हुँदै नगद १२ सय रुपैयासहित मेडल र ट्रफी पाए ।
छात्रामा बेष्ट सर्भिसमा हाम्रो बोर्डिङकी सन्ध्या श्रेष्ठ, बेष्ट डिफेन्समा डिपोका निशा राई, बेष्ट स्पाइकरमा हाम्रो बोर्डिङका रितिका गुरुङ, बेष्ट लिफ्टरमा हाम्रो बोर्डिङकै लावती लिम्बू र बेष्ट प्लेयरमा सेक्रेट हार्डकी निलिमा थापाले जितिन् । उनीहरुले नगद १२ सय रुपैयासहित ट्रफी र मेडल पाए ।
विजेता खेलाडीहरुलाई प्रतिनिधि सभाका सांसद तथा स्कुल सञ्चालक समिति सदस्य जयकुमार राई, स्कुलका प्रिन्सिपल पेम्वा शेर्पा, निर्देशक नारायणप्रसाद राई, सञ्चालक सदस्य श्याम राईलगायतले पुरस्कार वितरण गरेका थिए । पौष २६ गतेदेखि शुरु भएको प्रतियोगितामा सुनसरीका १९ वटा स्कुलहरु सहभागी भएका थिए । जसमा १२ वटा छात्रा टिम सहभागी थियो भने १८ वटा छात्र टिम सहभागी भएको कार्यक्रम संयोजक सन्तोष पोखरेलले जानकारी दिए ।