भद्रपुर । विद्यालय स्थापना भएको एक वर्ष पुगेको अवसरमा स्कुलले खेलकुद लगायत विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । झापाको भद्रपुर नगरपालिका ९ स्थित घोडामारामा सञ्चालित ग्यालेक्सि इङ्गिलस बोर्डिङ स्कुलले आफ्नो एक वर्षे सफल कार्यकाल पुगेको अवसरमा कार्यक्रम गरेको होे । स्कुलले कक्षा नर्सरी देखि ७ सम्मका विद्यार्थीलाई खेलकुद लगायत अन्य विधामा मा प्रतिस्प्रर्धा गराएको थियो । कार्यक्रममका प्रमुख अतिथी भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठ र सञ्चालक समितिका अध्यक्ष पर्शुराम अग्रवाल लगायतले विजेता विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए । मेयर श्रेष्ठले स्कुलमा फास्ट फुड र प्लाष्टिक मुक्त राखी साना नानीहरुलाई समय देखिनै यस्ता प्रकारको वानीवाट जोगाउन सुझाव दिएका थिए । नगरपालिकाले शिक्षा क्षेत्रलाइपनि हेर्ने भएकोले मापदण्ड अनुसार र नमुना स्कुल वनाउन अनुरोध गरेका थिए । कार्यक्रमका अध्यक्ष अग्रवालले आउदै गरेको सरस्वती पुजाको दिन स्कुलमा भर्ना निःशुल्क गरिएको बताए । खेलकुद र सांस्कृतिक कार्यक्रममा मात्र नानीलाई लगाउने गरेको अविभावकको गुनासो आएको उल्लेख गर्दै पढाइसगै नानीहरुलाइ अन्यविधामा पनि दक्षता हासिल गर्न प्रयास गरिएको स्पष्ट पारेका थिए । अध्यक्ष अग्रवालको सभापतित्व तथा मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, अविभावक,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।