बिर्तामोड । बिर्तामोड प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले अभियुक्तको साथबाट ६ वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । लामो समयदेखि बिर्तामोडमा मोटरसाइकल हराउने क्रम बढेको थियो । प्रहरीले थालेको नियन्त्रण अभियान अन्तर्गत ट मानिस सहित ६ वटा मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो । यातायात ब्यवस्था कार्यालय मेचीमा थगएर हेर्दा पक्राउ परेका सवारी साधन दर्ता नभएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले झापाको विर्तामोड नगरपालिका वडा नं. ६ का सुदिप रिजाल, १० का विरेन्द्र लिम्बु, २ का हरि न्यौपाने, कचनकवल गाँउपालिका २ का संजोग लिम्बु, कन्काई नगरपालिका २ का विशाल पुरी, अभिषेक मगर, अर्जुनधारा नगरपालिका २ का ओम प्रकाश सेन्चुरी (विश्वकर्मा) र भद्रपुर नगरपालिका २ का युवराज राई रहेका छन् । अभियुक्तका साथबाट प्रहरीले दुइवटा रोयल इन्फिल्ड (बुलेट) र चारवटा बजाज कम्पनिको पल्सर मोटरसाइकल बरामद गरेको बताएको छ । बिर्तामोड प्रहरीका डिएसपी कृष्ण प्रसाद कोइरालाले पक्राउ परेका मोटरसाइकल मेची भन्सार कार्यालय काम्कडभिट्टा पठाएको बताए । पक्राउ परेकामाथी अदालतबाट म्याद थप गरि अनुसंधान शुरु गरिएको जानकारी उनले दिए ।