धरान/२० औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप माघ २० गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले मंगलबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जनाएको हो । विभागीय २ टीमसहित ९ वटा टिमले प्रतियोगितामा सहभागी जनाउने क्लवले जनाएको छ । नेपाल पुलिस र शसस्त्र प्रहरीसहित मनाङ्ग मस्र्याङदी क्लब, संकटा क्लब, थ्रिस्टार क्लब, अण्डर १९ राष्ट्रिय नेपाली टिम आयोजक सहभागी छन् । बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लब पनि सहभागी हुने क्लवका अध्यक्ष एवम् एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले ५ लाख एक हजार रुपैयासहित ट्रफी पाउने छ । त्यस्तै दोस्रोले २ लाख ५१ ह्जार रुपैयासहित ट्रफी पाउने उनले बताउनुभयो । उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५÷२५ हजार रुपैया प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल र खेलको म्यान अफ दि म्याचले जनही नगद १० हजार रुपैया पाउने छ । यसपटक धरान रंगशालामा प्रतियोगिता हुने भएको छ । १४ औं संस्करणदेखि निर्माणका कारण एन्फा एकेडेमीमा खेल खेलाइएको अध्यक्ष राईले बताए । प्रतियोगिताका लागि ५३ लाख ४७ हजार रुपैया लाग्ने अनुमाननित बजेट समेत क्लबले सार्वजनिक गरेको छ । प्रतियोगिता प्रचारको लागि माघ १४ देखि १७ गतेसम्म मिडिया प्रोमोसन कप र १९ गते धरानको भानुचौकमा कृपा अनप्लगको सांगीतिक कार्यक्रम हुने महासचिव प्रताप तामाङले जानकारी दिए ।