काठमाडौं/ नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रदेश प्रमुखहरु नतोकेर सरकारले गलत गरिरहेको बताए । उनले प्रदेश प्रमुख तोक्ने विषय नितान्त सरकारको भएको जिकिर गर्दै सरकारले छिटो भन्दा छिटो प्रदेश प्रमुख तोक्नुपर्ने धारणा व्यक्त गरे।

मंगलवार एमाले नेता नेम्वाङले प्रदेश प्रमुख नियुक्तिको विषयमा सरकारले खोजिरहेको दलीय सहमतिको विषय हाँस्यास्पद भएको बताए। उनले प्रमुख तोक्ने विषय सरकारको भएको र त्यसमा एमालेले यस अघि नै सहमति जनाएको जनाउँदै सरकारले दलीय सहमतिको आडमा सत्ता लम्ब्याउन खोजेको आरोप लगाए ।

नेता नेम्वाङले माघ ७ गतेभित्र प्रदेश प्रमुख नतोके ठूलो र अप्ठ्यारो परिस्थिति निम्तिने जनाउँदै तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने धारणा व्यक्त गरे ।