विराटनगर/ १० औं राष्ट्रिय सफट् टेनिस प्रतियोगिता विराटनगरमा हुने भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी माघ ४ देखि ६ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने जानकारी गराएको हो । संघका अध्यक्ष श्यामकुमार लामाले भने, ‘राष्ट्रिय प्रतियोगिताको तयारी पूरा भएको छ । यस प्रतियोगिताले टेवल टेनिस खेलको मात्र विकास नभएर सिङ्गो खेल क्षेत्रको विकास हुनेछ,’ उनले भने ।’
तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा पाँच विकाश केन्द्र र दुइ विभागीय टिमको सहभागि रहनेछ । उक्त प्रतियोगितामा जनपथ र शसस्त्र प्रहरीका खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने अध्यक्ष लामाले जानकारी दिए । प्रतियोगिता भव्य र सभ्य बनाउनको लागि आयोजकले एक मुल व्यवस्थापन समिती र आठ उप–समिती गठन गरेको बताइएको छ ।