इटहरी । इटहरी उप–महानगरपालिकामा भएको सिएफएल भ्रष्टाचार काण्डका मुछिएको कर्मचारीहरुलाई कार्वार्ही गर्ने सर्वसाधरणहरुले माग गरेका छन । उपमहानगरपालीकाले भ्रष्टाचारमा मुछिएका कर्मचारीहरुलाई उन्मुती दिन खोजेको भन्दै इटहरी उपमहानगरपालीका अगाडी धर्ना समेत दिएका छन ।
दोशीलाई कार्वार्ही नगरी उन्मुती दिन खोजेको भन्दै नागरीक अगुवाहरुले धर्ना दिएका हुन । सिएफएल चिम खरिद प्रकरणमा लाखौको भ्रष्टाचार भएको घट्ना सार्वजनिक भएपछि गठित आन्तरिक छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भए सँगै इटहरीका बुद्धिजिवि तथा नागरीक अगुवाहरुले भष्ट्चारीलाई खै कार्वार्ही ? जनता कर पैसा भष्ट्चार गर्ने पाईदैन भन्दै ८ दर्जन नागरीकले एक घण्टा धर्ना दिएका थिए । नागरीक अगुवा उदय सुब्वाले नागरीकले तिरेको कर खाने कसैलाई छुट नभएको भन्दै दैनिक आन्दोलन गदै जाने वताए । भष्ट्हरुलाई कार्वार्ही होस उनले थपे । उपमहानगरले वडा अध्यक्ष दिपक गौतमलेको संयोजकमा गठित छानविन समितिले समेत करिव २० लाख भ्रष्टाचार भएको औल्याएको थियो । तर दोसी ठहरीएका कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको तर कार्वार्ही नगरेको भन्दै कार्वार्हीको माग गदै नगरवासी आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ सुनसरीका सभापति मन्दिप भट्टराईले वताए । उनले भने दोसीलाई उन्मुती दिन पाईदैन दोसीलाई कार्वार्ही होस । पाँच हजार घुस खादा कर्मचारीका जागीर जाने तर २० लाख घोटला हुदा कार्वार्ही किन भएन भट्टराईको प्रश्न थियो । कर्मचारीहरुले भष्ट्रचार गरेको प्रमाणित उपमहानगरपालीकाकै समितिले गरे पनि कार्वार्ही नगरी उन्मुती दिन खोजिएको भन्दै कार्वार्हीको माग गदै दैनिक धर्ना दिने इटहरीका नागरीक अगुवाहरुले वताएका छन । लेखा प्रमुख , स्टोर प्रमुख र विधुत शाखा प्रमुखको संलग्नतामा आर्थिक रकम हिनाविना भएकोर उनीहरुलाई तत्काल कार्वार्ही गर्ने पर्ने इटहरीका स्थानीयवासी विक्रम थापाले माग गरेका छन । यता इटहरी उपमहानगरपालीका मेयर द्धारिकलाल चौधरीले भने जनताको मागमा आफु प्रतिबद्धता रहेको वताए । मेयर चौधरीले छानविन समितिले कर्मचारीहरुको त्रुटि छ भनेको छ तर भष्ट्चार छ भनेको छैन मैले कसरी कार्वार्ही गरु ? उनको प्रश्न थियो । सामाग्री खरिद गर्दा प्रक्रिया मिलेको छैन त्यो पक्का हो तर अख्तियारले छानविन गरीरहेको मुद्धामा म कसरी कार्वार्ही गरु त्यो निर्णय पर्खनु मेरो बाध्यता हो उनले थपे । मैले अहिले कार्वार्ही गरेको कर्मचारीहरुलाई अख्तियारले सफाई दियो भने के गर्ने ? उनले भने । दोशीलाई उन्मुती दिने पक्षमा म छैन चौधरीले थपे ।