धनकटा । धनकुटालाई प्रदेश नं.१ राजधानीकायमगर्न ३२औंदिन देखीआन्दोलनरत राजधानीवनाउन गठित अभियान÷संघर्ष समितिले क्षेत्रियप्रशासनकार्यालयको मुल गेटमा मंगलवार अपरान्ह ३ घण्टा धर्ना दिएका छन् । धनकुटालाई प्रदेश नं.१ को राजधानीवनाउन गठित अभियान समितिका संयोजकप्रदेश सांसद निरेन राई र संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठको अगुवाईमासंयुत्तः रुपमाक्ष्योत्रियप्रशासनकार्यलय धनकुटाको मुलगेटमा धर्ना दिएकाहुन । क्षेत्रियप्रशासनकार्यालय धनकुटाको मुलगेटमा धर्ना दिनु पुर्व स्थानियमदनचोकमाहजारौंको संख्यामा धनकुटेलीहरु भेलाभएर नारावाजी समेत गर्दै धनकुटा वजार परिक्रमा गरेका थिए ।उनीहरुले धनकुटालाई प्रदेश नं.१ को राजधानीवनाउनु पर्नेभन्दै नारावाजी गरेका थिए । सो अवसरमा क्षेत्रियप्रशासनकार्यालय धनकुटाको मुलगेटमा आयोजित कोणसभालाई प्रदेशसभा सांसद निरेन राई,इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिकाप्रमुख टंक चौहान, उपप्रमुखवंगलादेवी राई, धनकुटा नगरपालिकाकाउपमेयर शकुन्तला वस्नेत, चौविसे गाउँपालिकाकाउपप्रमुख यज्ञ कुमारी रुचाल, उधोग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष मन कुमारी तितुङ तामाङ लगायतलेआ–आफ्नो धाराणा राखेका थिए । सो अवसरमाबोल्दैप्रदेशसभा सांसद निरेन राईले सरकारलाई धनकुटामा प्रदेशको राजधानीतोक्नको लागी सकरात्मकदबाबपुगोस भन्ने उदेश्यले शान्तिपुर्ण धर्ना तथाकार्यालय घेराउकार्यक्रमआयोजनागरिएको वताए । सांसद राईले धनकुटा वि.सं.१८४० देखीको पुर्वको प्रशासकिय केन्द्रको रुपमा रहेकाले भौगोलिक, प्राकृतिक, सामाथ्र्य, सुरक्षा, भौतिकपुर्वाधारको र सुन्दरताकाको कारण धनकुटालाई प्रादेशिक राज्यको राजधानीवनाउन पर्नेमाजोड दिएकाथिए। राईले नेपालको संविधान २०७२ ले व्यावस्था गरे अनुसार राज्यको पुनःसंरचनामार्फत मुलुक७प्रदेशमाविभाजनगरि प्रत्येक प्रदेशको केन्द्र र नाम राख्ने अधिकार निर्वाचितप्रदेशसभालाई भएतापनि सो निर्णय नगरेसम्मको लागी धनकुटालाई कामचलाउ अस्थायी राजधानीतोक्न नेपालसरकारलाई दवावदिनु धनकुटेलीहरुको पहिलो कर्तव्य भएको दावी गरे । त्यसैले धनकुटेलीहरु गाउँ देखीजिल्ला र जिल्ला देखी केन्द्रियतहको प्रधानमन्त्रीको कार्यालयसम्मआन्दोलितहुनु परेको वताएका छन् । संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठले राजधानीवनाउने अभियानका सवै खाले कार्यक्रमधनकुटालार्य नतोकसम्मयथावत रहने वताएका छन् ।