काठमाडाैं । आगामी वर्षदेखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत् बचत हुने भएपछि भारतबाट विद्युत ल्याउन नपर्ने भएकाे छ । सन् २०१८/१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । जसका कारण भारतबाट बिजुली आयात गर्नुपर्ने नेपालको बाध्यता हट्ने छ ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनको निष्कर्ष अब अर्काे वर्षदेखि भारतबाट बिजुली ल्याउन नपर्ने भएकाे हाे।
‘अर्को वर्षदेखि नै वर्षायाम (वैशाखदेखि मंसिरसम्म) मा विद्युत मागको तुलनामा आपूर्ति बढी हुने देखिन्छ । सो विद्युत स्वदेशमा नै खपत गराउन नेपाल सरकारले नीतिगत हस्तक्षेप गरी ऊर्जा खपत प्रवर्द्धन हुने कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने अध्ययनले देखाएको छ । आयोगले वर्षायाममा बढी हुने विद्युत ऊर्जा बैंक मोडेलमा भारतलाई दिई सुख्खायाममा नेपाललाई नै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।