विराटनगर । बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एम.सी.सी क्लबले जितेको छ ।
मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा बुधबार सम्पन्न भएको फाइनलमा विनायक क्रिकेट क्लबलाई २४ रनले हराउँदै एम.सी.सीले उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ्ग रोजेको एम.सी.सी. क्बलले ९५ रनको लक्ष्य दिएको थियो । जितका लागि एम.सी.सी. का दिपक पासवानले १६ रन, सुरज श्रेष्ठले १७ रनको योगदान दिएका थिए । जबाफी ब्याटिङ्गमा बिनायकले आफ्नो सबै विकेट गुमाई ७१ रनमा अलआउट भए । बिनायकलाई अलआउट गराउन एमसीसीका
मेहबुव आलमले ४ र सर्बण यादवले ३ विकेट लिएका थिए ।
बिनायकका लागि रोशन यादवले १५ र कृष्ण मण्डलले ११ रनको योगदान दिए । प्रतियोगिताको फाइनल खेलको म्याद अफ म्याच एम.सी.सी का मेहबुव आलम घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट ब्याटमेन्ट जामुनगाछी क्रिकेट क्लबका अमर साह घोषित भए । त्यस्तै उत्कृष्ट बलर एम.सी.सी. ‘बी’ का अजय शर्मा, प्रतियोगिताको उत्कृष्ट खेलाडी बिनायकको रबि मण्डल घोषित भए ।