विराटनगर । सितलहरसँगै बढेको जाडोमा कठयाङ्ग्रीकी मोरङगको सुन्दरहरैचा नगरपालिका ५ डिपु स्थित मुसहर बस्तीकी ४९ बर्षिया पक्षघातले थलापरेकी असक्त्त महिला पातो ऋषिदेबलाई सहयोग जुटन थालेको छ ।

केही समय अगाडी विभिन्न पत्रपत्रिकामा पीडित ऋिषीदेवको कन्त बिजोग भएको समाचार प्रकाशित भएपछि असक्त्त महिला पातोलाई सहयोग जुटन थालेको हो ।

दुबै खुट्टा पक्षघात भएर थला परेकी पातो जाडो याममा उदाङगो घरमा भोकभोकै कठयांग्रिएर रात काटन बाध्य भएकी थिइन् । ज्याला मजदुरी गरेर खानु पर्ने बाध्यता भएपनि पकाएर खुवाउने श्रीमती बिरामी परेपछि आफुले काम गर्न नपाउँदा समस्या थपिएको श्रीमान टर्रा ऋषिदेबले गुनासो गरेका थिए ।

उनीहरुको बारेमा प्रकाशित समाचार पढेर अमेरिकाको भर्जिनिया राज्यमा बसोवास गर्ने केही नेपालीहरुले पातोलाई न्याना कपडा, खाद्यन्न, पौष्टिक अहार र पकाउने भाँडाकाँडाकुँडा सहयोग गरेका हुन् । उनीहरुले सेवाको भावनालाई उत्प्रेरित गराउन थोरै भएपनि आर्थिक सहयोग पठाएका थिए ।

सोही रकमबाट अन्तरपार्टी महिला सन्जाल सुन्दर हरैचाकी अध्यक्ष कल्पना घिमिरे, सचिव अकिली चौधरी, सदस्य फम्फा राई तथा सुन्दर हरैचा नगरपालिका नगर बिकास अध्यक्ष रचना राई र समाजसेबी महिला पुष्पा तामांगको समुहले असक्त्त महिला पातो ऋषीदेबलाई कपडा, खाद्यन्य, पौष्टिक अहार र पकाउने भाँडाकुडा र केही नगद रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

दलित समुदायकी दिनहिन महिलाको बारेमा समाचार पढकै आधारमा सहयोग गर्ने अमेरिकामा बसोवास गर्ने भर्जिनिया राज्यका नेपालीहरुको सानो सहयोग उत्प्रेरण योग्य भएको सुन्दरपुर हरैचा महिला सञ्जालकी अध्यक्ष कम्पना घिमिरेले बताइन् । उनले असक्त्त महिला पातोको उपचार गराउन आफुहरुले पहल गरिरहेकोले फागुन महिना भित्र उनलाई अस्पतालमा भर्ना गराउन सकिने बताइन् ।

राहत सहयोग पातोका पति लाई हस्तातरण गर्दै सुन्दरहरैचा नगरपालिका नगर बिकास अध्यक्ष रचना राइले उत्पीडत समुदायका महिलाहरुले भोग्नु परिरहेको समस्यालाई ख्याल गरेर शसक्त्तिकरण कार्यक्रम सचालन गराउन आफुहरु लागिपर्ने बताइन् ।