धनकुटा । राजधानीको माग गर्दै धनकुटामा भइरहेको आन्दोलन उत्कर्षमा पुगेको छ ।
बिहीबार विहानैदेखि प्रदर्शनमा उत्रिएका धनकुटाबासीले एसपी सवार भएको प्रहरीको गाडी तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालय प्रमुखको कार्यकक्ष जलेर सम्पुर्ण सामान नष्ट भएको बुझिएको छ ।
त्यस्तै धरानबाट विरामी लिन भोजपुर जादै गरेको को २ च ४३२ नं. को एम्बुलेन्स नगरपालिका छेउमा आन्दोलनकारीले तोडफोड गरेका छन् । त्यस्तै गरी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन भिमनारायण चोकमा आन्दोलनकारी माथि ५ सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीकाे कुटपीटबाट नेपाली कांग्रेसका नेता तथा अासन्न स्थानीय तहकाे निर्वाचनमा मेयरका प्रत्यासी दिनेश रार्इ अाठपहरीया गम्भिर घाइते भएका छन् भने उनलार्इ उपचारकाे लागी धनकुटा अस्पताल लगिएकाे खबर प्राप्त भएकाे छ । त्यस्तै नाम नखुलेका एक प्रदर्शनकारी प्रहरीकाे लाठिचार्जबाट घाइते भइ अान्दाेलन स्थलमा ढलेकाे खबर प्राप्त भएकाे छ ।
धनकुटा तनावग्रस्त, एम्बुलेन्स तोडफोड, प्रहरीकाे लाठिचार्जबाट दुर्इ गम्भिर घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































