काठमाडौं/ राजसंस्थालाई कुनै न कुनै स्पेश दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका समाचार सार्वजनिक भइरहँदा अफवाह भनेर हिंड्ने एमालेका केही नेतालाई झुठ बोल्न जे कुराले पनि रोक्दैन ।

कतै राजावादीहरुसंग भेट भयो भने कुनै पनि प्लान हैन संयोगमात्र हो भन्दै आइरहेका छन् । पूर्व युवराज्ञी हिमानी शाह बैंकक जानु (पुस २१ मै) अनि केपी ओली पनि बैंकक जानु (पुस २६) र फर्कनु एकैपटक यो पनि संयोग नै हो । बैंककमा भएका भेट पनि संयोग नै थिए ।

बिहिबार मध्यान्ह १२ बजे थाइ एयरवेजको एकै फ्लाइटमा दुवै जना आउँदै छन् । यो पनि संयोग नै हो भनेर भन्दा फरक पर्दैन । तर ओलीले राजसंस्थालाई कहीं न कहींबाट सम्वोधन गर्ने बताउनु र पछिल्ला संयोगकारी भेटहरु पनि उस्तै हुन् कि फरक हुन् ?

ओली उपचारका लागि र पूर्व युवराज्ञी हिमानी छोरी पूर्णिकालाई पुर्याउन बैंकक गएकी हुन् ।