धनकुटा/धनकुटामा बिहिबार विहान साडे ११ बजे देखी अनिश्चितकालिन निषेधित क्षेत्र ताेकिएकाे छ । धनकुटालार्इ १ नं. प्रदेशकाे राजधानी बनाउ विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासनले ताेकेकाे हाे । 
जिल्लामा अान्दाेलनले हिंसात्मक  रूप लिन थाले पछि जिल्ला तनावग्रत बनेकाे छ ।प्रमुख जिल्ला प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा बसेको सुरक्षा समितीको बैठकले चारघेरा उत्तर दिसा लोकसेवा, दक्षिणमा घुमाउने चौतारा,पुर्वमा बिहिबारे हटिया र पश्चिममा पात्ले खोला सम्म अनिश्चितकालिन निषेधित क्षेत्र ताेकेकाे  प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । निषेधित क्षेत्रमा सर्वसाधरण स्थानिय बासिन्दाले हिडडुल र अावत जावत गर्न नपाउने भएकाे छ । कसैले सिमा ताेड्ने प्रयास गरे फाइरिङ गर्न सकिने स्राेतले जानकारी दिए ।   तनावलार्इ ब्यवस्थित गर्नका सुनसरीबाट ३ गाडी थप सुरक्षाकर्मी झिकाइएकाे उप्रेतीले बताए ।  विधुतअवरोधका कारण स्थानियलार्इ थप सकस भएकाे छ ।