चक्रघट्टी । बराह नगरपालिकाको नडाहामा जारी प्रथम बराह मेयर कपको बराहक्षेत्र फुटबल क्लब बराह फाइनलमा प्रबेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लब बेलबारीलाई ०का बिरुद्ध २ गोलले पराजित गर्दै बराहक्षेत्र फाइनलमा प्रबेश गरेको छ । राष्ट्रिय खेलाडीहरुले भरिपुर्ण बराहक्षेत्रले दुबै गोल दोस्रो हाफको छैटौं र सोर्हौ मिनेट्मा जर्सी नम्बर ८ का सन्तोष तामाङले गरे । दोस्रो गोल बेलबारीका खेलाडीले बराहक्षेत्रका खेलाडि लाइ डिबक्स भित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बराहक्षेत्रका खेलाडी सन्तोस तामाङले गोलमा परिणत गरे ।दोस्रो गोल संगै बराक्षेत्रले गोल अन्तर फराकिलो पारे । खेलमा बेलबारिका तर्फबाट कर्ण लिम्बु र निराजन खड्काले पटकपटक गोल गर्ने कोसिश गरेपनी खेलमा बेलबारी फर्कन सकेन । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र बराहक्षेत्र फाइनलमा प्रबेश गर्यो । खेलको म्यान अफ द म्याच दुइ गोल गरेका सन्तोस तामाङ भए ।उनलाई सो पुरस्कार ब्यवसायी मेम कुमार चाम्लिङले प्रदान गरे । सन्तोस तामाङले नगद २५सयसहित ट्रफी हात पारे ।शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक एभरेस्ट फुटबल क्लब नडाहा र १ नम्बर प्रदेश प्रहरी टिम रानी बिराटनगर बिच हुने छ । फाइनल खेल माघ ७ गते आइतबार हुने छ ।