पथरी ।मोरङ जिल्ला फुटवल संघको अध्यक्षमा पुन दीपेन्द्र धिमाल निर्वा्चित भएका छन् । बिहीबार लेटाङमा सम्पन्न निर्वाचनमा धिमालले किरण गिरीलाई २ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा धिमाल निर्वा्चित भएका हुन् । धिमालले ८ मत ल्याएका थिए भने गिरीले ६ मत प्राप्त गरेका थिए । विजयसँगै धिमाल जिल्ला फुटवल संघमा तेस्रो पटक अध्यक्ष बनेका हुन । उनी २०६४ सालदेखि जिल्ला फुटवल संघमा रहेर काम गर्दै आएका थिए । संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वा्चित भएका छन् । महिला सदस्यमा कौशिला लिम्वू र सदस्यहरुमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ (छाने) नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्वु र तेजराज गिरी निर्वा्चित भएका छन् । जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटवल क्लवका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेको हो । १४ वटा क्लव मध्ये ७ वटा विराटनगर महानगरपालिका भित्र र ७ वटा महानगरपालिका बाहिरका रहेका थिए । वि.सं २०५२ सालमा स्थापीत संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदिप भगत र किशोर तिम्सीनाले गरेका थिए । बानियाँले २ कार्यकाल नेतृत्व गरेका थिए भने भगत र तिम्सीनाले १÷१ कार्यकाल नेतृत्व गरिसकेका छन् ।