सफ्ट टेनिस शुरु
विराटनगर । दशौँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता आजदेखि वैजनाथपुर रङ्गशालामा शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ तथा ११ जना निर्णायकको सहभागिता छ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाका टोली इभेन्ट्सका खेल समावेश गरिएका छन् । आज महिला एकलको पहिलो चरणका खेल सम्पन्न भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































