तरहरा (सुनसरी)/सुनसरीको इटहरीमा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशी भएको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल इटहरी गोल्डकप प्रतियोगिता शनिवारबाट सुरु हुँदै छ । [caption id="attachment_69848" align="alignnone" width="822"] मूख्य प्रायाेजक एसियन थार्इ फुडका प्रबन्ध निर्देशक महेश जाजूले राखेप सदस्य सचिव केशवकुमार विष्टलार्इ इटहरी गाेल्डकपकाे कप प्रदान गर्दै । तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
खेलको उद्धाटन राष्टपति विद्यादेवि भण्डारीले गर्ने भएकी छिन ।  नेपालमै पहिलो पटक मदन भण्डारीको नाममा हुन लागेको सर्वाधिक राशीको फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालको सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक समिति राष्ट्रिय जागृति क्लब इटहरीका अध्यक्ष संजिव ढुंगानाले वताए । प्रतियोगिताको तयारी ब्यापक तयारी भएको उनको भनाई थियो । पूर्वमै पहिलो र सर्वाधिक राशीको प्रतियोगिताले इतिहास रच्ने उनको भनाई थियो । प्रथम विजेताले १२ लाख नगद सहित ८० तोलाकोे चादीको कपमा अडाई तोला सुनको मदन भण्डारीको फोटो राखिएको छ ।  उपविजेताले ५ लाख रुपैया पाउँने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले वताए । उनले भने यो नेपालकै सवैभन्दा ठुलो प्रतियोगिता इटहरीमा हुन लागेको र केहि समय पश्चात नै इटहरीलाई खेलकुद सिटिको रुपमा विकास गर्ने लागेको वताए । अर्को वर्ष पुरस्कार राशी बढेर विजेतालाई २५ लाख रुपैयाँ दिन लागिएको पनि उनले पत्रकार सम्मेलन मार्फत जनाएका छन । प्रतियोगिताको समापनमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आउँने सदस्य सचिव विष्टले वताए । इटहरीको रंगशालामा करोडौ रुपैयाँको लागतमा खेलकुदका पूर्वाधारहरु निमार्ण भईरहेको वताउँदै इटहरीलाई पहिलो पटक खेलकुदको सिटि घोषणा गर्ने लागेको जानकारी दिए । इटहरीले खेलकुदको क्षेत्रमा फड्को मारेको भन्दै इटहरी खेलकुद क्षेत्रमा अग्रणी रहने उनको भनाई थियो । प्रतियोगिताको सर्वेत्कृष्ट खेलाडीले २५ हजार नगद सहित ३२ इन्चको टिभि,प्रत्येक खेलको म्यान अफ द म्याच १० हजार र विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले नगद २० हजार पाउँने छन प्रतियोगितामा ८ टिमले सहभागीता जनाउँने आयोजकले जनाएको छ । मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ,त्रिभुव आर्मी क्लब काठमाण्डौ, थ्रिस्टार क्लब काठमाण्डौ,एपिएफ काठमाण्डौै, रमफम झापा ११ , राष्ट्रिय जागृति क्लब आयोजक ,भुटान ग्युप एयर भुटान, जरीफा स्पोर्ट क्लब कलकता भारतले सहभागीता जनाउँने छन ।