चक्रघट्टि । बराह नगरपालिकाको भरौलमा आइतबार देखि जारी “प्रथम मेयर कप ”२०७४ को शुक्रबार भएको सेमिफाइनलमा एभरेष्ट फुटबल क्लव र १ न प्रदेश प्रहरी टिम बिराटनगर विच भएको खेलमा ट्राइबे्रकरमा १ नं प्रदेश प्रहरी टिम बिराटनगर विजयी भई फाइनलमा प्रवेश गरेको छ । एभरेष्ट फुटबल क्लवको खेल मैदानमा भएको ६० औ मिनेटको खेलमा ४ मिनेट अतिरिक्त समय थप गरीएपनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा टुङ्गिएको थियो । ट्राइबे्रकरमा १ नं प्रदेश प्रहरी टिम बिराटनगरले ४ गोल र एभरेष्ट फुटबल क्लवले ३ गोल गरी १ नं प्रदेश प्रहरी टिम बिराटनगर विजयी भएको छ । पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको आयोजक एभरेष्ट क्लव दोस्रो हाफको २० औ मिनेटमा जर्सी नं १९ का रमेश राजवंशीले डब्बल पहेलो कार्ड पाउदा आयोजक टिममा १० जनाले खेल खेलमा सहभागी भएका थिए । प्रहरीका मित्र बस्नेत , जयनारायण चौधरी ,उज्वल राई , नगेन्द्र दाहालले गोल गरे भने दिलबहादुर तामाङ्गको प्रहार एभरेष्ट क्लवका गोल किपर सुर्य अधिकारीले बचाएका थिए । त्यस्तै एभरेष्ट क्लवका हेमन्त थापा मगर, निसान लिम्बु र भुसन सुब्बाले गोल गरे भने पुजन उपरकुटी र सुरज सुनुबारको गोल बाहिरिन पुगेको थियो । उक्त खेलमा म्यान अफ दी म्याच एभरेष्ट फुटबल क्लवका जर्सी नं ८ का हेमन्त थापा मगरलाई नगद २ हजार ५ सय सहित ट्रफी प्रहरीका यन्सपेक्टर जितु साहले प्रदान गरेका थिए । उक्त मेयर कपको प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रहेको मेयर कपका अध्यक्ष मधुसुदन भट्टराईले जानकारी दिएका छन् । आइतबार हुने फाइनल खेलमा १ नं प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लव विच प्रतिस्पर्धा हुने भएको छ ।