चक्रघट्टि । बराह नगरपालिकाको भरौलमा आइतबार देखि जारी “प्रथम मेयर कप ”२०७४ को १ नं प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लव विच भएको फाइनल खेलमा १,१ गोलले बराबरी भएपछि टा«इबेकरबाट १ नं प्रदेश प्रहरी टिम बिराटनगर ३ – ४ ले विजयी भएको छ । एभरेष्ट फुटबल क्लबको मैदानमा सन्चालित उक्त फाइनल खेलमा १ नं प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लव विच रोचक प्रतिस्पर्धा भएको थियो । १ नं प्रदेश प्रहरी टिम बिराटनगरका जर्सी नं १० का विजय बिष्टले खेलको १७ औ मिनेटमा १ गोल गरे, भने खेलको ३६ औ मिनेटमा बराहक्षेत्र फुटबल क्लवका जर्सी नं ११ का आकाश राईले १ गोल गरी पहिलो हाफमा खेल बराबरी भएको थियो । पहिलो हाफ पछि कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा परिणत भएको थियो । १ नं प्रदेश प्रहरी टिम बिराटनगरले ट्राइब्रेकरमा ३ र बराहक्षेत्र फुटबल क्लवले २ गोल गरी १ नं प्रदेश प्रहरी टिम बिराटनगर विजयी भएको छ । उक्त खेलबाट म्यान अफ दि म्याच बराहक्षेत्रका विनय श्रेष्ठलाई नगद ३ हजार र मेडल सहित ट्रफी प्रदान गरीएको छ । उत्कृष्ट गोल किपर पुलिस क्लवका जर्सी नं २२ का सन्जिव श्रेष्ठ घोषित भए । , उत्कृष्ट डिफेन्सको उपाधि प्रहरी क्लवका जर्सी नं ३ का दिल बहादुर तामाङले र उत्कृष्ट मिड फिल्डरमा प्रहरी क्लवका जर्सी नं ९ का दिपेन राईले नगद ५ हजार ,ट्रफी र मेडल प्राप्त गरेका थिए । हाइ स्कोरको उपाधि प्रहरीका जर्सी नं १० का विजय बिष्ट र आयोजक एभरेष्ट फुटबल क्लवका निसान लिम्बुले संयुक्त रुपमा नगद ७ हजार शेयर गरे । उदयमान खेलाडीको उपाधि एभरेष्ट फुटबल क्लवका खेलाडी साजन राईलाई, उत्कृष्ट फरवार्ड प्रहरीका जर्सी नं १० का विजय विष्टलाई नगद ५ हजार सहित ट्रफी र मेडल प्रदान गरीएको थियो ।दान गरीएको ।खेलभरिका सर्वोत्कृष्ट खेलाडी बेस्ट प्लेयर अफ द टुर्नामेन्ट बराहक्षेत्र फुटबल क्लवका बिष्णु सुनारलाई नगद १० हजार सहित ट्रफी र मेडल प्राप्त गरेका थिए । बिजेता १ नं प्रदेश प्रहरी टिम बिराटनगरले १ लाख १ हजार नगद सहित ट्रफी हात पारेको थियो भने उपविजेता टिम बराहक्षेत्र क्लवले ५१ हजार सहित ट्रफी हात पारेको छ । सो फाइनल खेलमा एभरेष्ट क्लवका मधुसुदन भट्टराईको सभाध्यक्षमा सम्पन्न खेलमा प्रमुख अतिथि सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य जय कुमार राई रहेका थिए । विशेष अतिथि सुनसरी जिल्ला फुटबल महासंघका महासचिव भेषराज कार्की,प्याब्सन गा्रमिण क्षेत्रीय समन्वयय समितिका अध्यक्ष मोहन भट्टराई ,समाजसेवी ,वडा अध्यक्ष लगायतका ब्यक्तिहरु अतिथि रहेका थिए ।