तरहरा (सुनसरी) इटहरीको क्षेत्रीय रंगशालामा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आईतवार भएको दोस्रो क्वाटर फाईनल खेलमा झापा ११ झापालाई हराउँदै मनाङ्गमस्र्याङ्दी काठमाण्डौ सेमिफाईनलमा प्रवेश गरेको छ । झापा ११ लाई ३ –४ गोलको अन्तरले हराउँदै मनाङ्गमस्र्याङ्दीले सेमिफाईनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवात सँगै आक्रमक बनेको मनाङ्गमस्र्याङ्दीले पहिलो हाफको ५ मिनेटमै मनाङ्गमस्र्याङ्दीका खेलाडी सुजल श्रेष्ठले खाता खोलेका थिए । त्यो सँगै पहिलो हाफको १२ औ मिनेटमा झापाका दिलेनले डि एरिया भित्र हेण्ड गरे पछि मनाङ्गमस्र्याङ्दीले प्यानल्टी पाएको थियो । सोही प्यानल्टीको सदुपयोग गदै सुजलले पुनः एगदै आफ्नो टिमलाई २ –० को अग्रता दिलाएको थिए । पहिलो हाफमा निकै आक्रमक शैलीमा मैदानमा उत्रिएको मनाङ्गमस्र्याङ्दीले १९ औ मिनेटमा पुनःप्यानल्टी पाएको थियो । प्यानल्टी मार्फत पुःन सुजलले गोल गरी ह्याटीक गरेका थिए ।
पहिलो हाफमा राम्रो जम्न नसकेको झापा ११ का लागी २८ मिनेटमा कर्ण लिम्वुले एक गोल गदै आफ्नो टिमको लागी खाता खोल्न सफल भए । दोस्रो हाफमा निकै आक्रमक बनेको झापा ११ झापालाई २३ औ मिनेटमा मनाङ्गमस्र्याङ्दीका खेलाडी विमल वस्नेतले आत्माघाती गोल गर्दा झापाको थप एक गोल बढ्यो । दास्रो हाफको २३ औ मिनेटमा मनाङ्गमस्र्याङ्दीले विशाल राईले एक गोल गदै टिमलाई जित शुनिस्चत पारे । निकै दवावमा रहेको मनाङ्गमस्र्याङ्दीलाई झापा ११ का कर्ण लिम्वुले ३४ औ मिनेटमा ब्याक्तिगत दुई गोल गदै आफ्नो टिमको तर्फबाट ३ गोल गराएका थिए ।
दोस्रो हाफमा निकै दवावमा खेलीरहेको मनाङ्गमस्र्याङ्दी ४–३ गोल अन्तरले विजयी भएको छ । मनाङ्गमस्र्याङ्दीका ह्याटिक गर्ने सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । खेलमा हारे पछि झापाक कोच प्रवेश कटुवालले रेफ्रीको भुमिका राम्रो नभएको वताए । विदेशी खेलाडी लिएको तर स्थानीय खेलाडी सँग वामअप नभएको खेलमा हार बेहोर्नु परेको वताएका छन । मनाङ्गमस्र्याङ्दीका कोच छिरिगं शेर्पाले भने झापा र आफुहरु टिम वरावरीकै भएको भए पनि पहिलो हाफमै गोल अन्तर बढाएको कारण दोस्रो हाफमा दवाव सहनु परेको वताए ।
सोमबारको खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र डुक युनाईटेड एफ.सी भुटान बिच हुने आयोजकले बताएको छ । इटहरीको पुरानो क्लब राष्टिय जागृती क्लबले आयोजना गरेको फुुटबल प्रतियोगतिामा ८ ओटा क्लबले सहभागीता जनाएका छन् । उक्त गोल्डकप मुलुककै सर्वाधिक राशकिो प्रतियोगीता हो । विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख प्रदान गरिने छ ।