काठमाडौं/ ख्यातिप्राप्त तथा राष्ट्रिय व्यक्तित्व भएका विज्ञलाई पठाउनु पर्नेमा राजनीतिक दल आफ्ना नेता कार्यकर्तालाई राष्ट्रिय सभाका उम्मेदवार बनाएका छन् ।
अधिकांश उम्मेदवार राजनीतिक दलका नेता र कार्यकर्तासँगै पहुँचवालाका आफन्त तथा नातागोता पनि रहेका छन् । पार्टीमा योगदान दिएका धेरै नेता कार्याकर्ताले उम्मेदवारी नपाएको भन्दै नेतृत्वको चर्को विरोध पनि गरिरहेका छन् ।
कोमल वली एमालेबाट
एमालेले लोकगायिका कोमल वलीलाई उम्मेदवार बनाएकोमा पार्टीका नेता कार्यकर्ताले आलोचना गरेका छन् । धेरैले अन्य नेताहरु कोमल वलीको तुलना गर्दै समाजिक सञ्जाल रंग्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य वलीलाई एमालेबाट प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवार बनाउने भनेर पार्टीमा प्रवेश गराइएको थियो ।
प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवार बनाइएकी वलीलाई अहिले प्रदेश नम्बर ५ को महिला कोटाबाट राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ । एमालेले राष्ट्रिय सभामा २९ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर १ बाट पाँच जनालाई उम्मेदवार बनाएको छ ।
यी हुन् एमालेका उम्मेदवार
एमालेबाट प्रदेश १ बाट नैनकला ओझा (महिला), मोरङ, खेम नेपाली (दलित), मोरङ हरिचरण सिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा। अगम बान्तवा (अल्पसंख्यक), इलाम छन् ।
प्रदेश २ मा खुला सिटमा एकजना मात्र उम्मेदवार बनाएको छ । प्रदेश २ बाट सप्तरीका सुमन प्याकुरेल (खुला), उम्मेदवार बनाएको छ । प्रदेश ३ बाट ६ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश ३ बाट पार्वती रावल ९महिला०, चितवन उदया शर्मा (महिला), काठमाडौं, सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला), काठमाडाैँ, रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर छन् ।
एमालेबाट प्रदेश ४ बाट ४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ४ बाट रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ र दीपा गुरुङ(महिला), लमजुङलाई सिफारिस गरेको छ।
प्रदेश ५ बाट ४ जना उम्म्मेदवार बनाएको छ । प्रदेश ५ बाट रामलखन हरिजन –(दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा –(महिला), रोल्पा र कोमल वली –(महिला), दाङ छन ।
प्रदेश ६ बाट ५ जना उम्मेदवार उठाएको छ । प्रदेश ६ बाट कविता बोगटी –(महिला), हुम्ला, नन्दा शर्मा –(महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम छन ।
प्रदेश ७ बाट एमाले ४ जनालाई उम्मेदवार बनाएको छ । प्रदेश ७ बाट कमला ओली –(महिला), कैलाली, इन्दु कडेरिया बिष्ट –(महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम, चक्रप्रसाद स्नेही –(दलित), डडेलधुरा छन ।
आफू नपरेपछि पत्नी उम्मेदवार
माओवादी केन्द्रबाट प्रदेश नम्बर १ बाट बीना पोखरेललाई उम्मेदवार बनाएकोमा नेता कार्यकर्ताबाट आलोचना भएको छ । २०५२ सालमा माअोवादी जनयुद्ध सुरुवात हुँदा देखि नै भुमिगत जीवन विताएकी पोखरेल पछिल्लो समय पार्टीमा निस्कृय रहेको भन्दै उनको उम्मेदवारको आचोलना भएको हो ।
पोखरेल माओवादीको प्रदेश नम्बर १ का सहईन्चार्ज सावित्रीकुमार काफ्लेकी श्रीमती हुन् । इमान्दार छविका नेताका रुपमा चिनिने काफ्ले पोखेरलको उम्मेदवारीका कारण आलोचित भएका छन् । राष्ट्रिय सभा उम्मेदवार पोखरेल श्रीमानसँगै जनयुद्धको समयमा नाबालक छोरा छोरी छोडेर भूमिगत भएकी थिइन् । माओवादीको ललितपुरका नेता हरि दाहालकी श्रीमती गंगा पराजुली समेत राष्ट्रिय सभाको उम्मेदवार भएकी छन् ।
प्रदेश २ को महिला सिटमा उम्मेदवार शशिकला दाहाल र प्रदेश ७ का हरिराम चौधरीलाई मापदण्ड मिचेरै उम्मेदवार बनाइएको छ । दुवैजना प्रदेशसभाका समानुपातिकको बन्दसूचीमा थिए । एमाले र माओवादीको सहमतिमा माओवादीले राष्ट्रिय सभामा १४ उम्मेदवार उठाएको छ ।
यी हुन् माओवादीका उम्मेदवार
प्रदेश १ बाट पोखरेल पोखरेल, प्रदेश २ बाट दाहाल, प्रदेश ३ को खुलातर्फ वरिष्ठ नेता रामबहादुर थापा उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश ३ को महिलातर्फ पराजुलीले टिकट पाएकी छन् । प्रदेश ४ बाट नेता दिनानाथ शर्माले खुलातर्फको उम्मेदवार भएका छन् भने दलित कोटामा प्रदेश खीमबहादुर विक उम्मेदवार भएका छन् ।
प्रदेश ५ मा अल्पसंख्यक अपांगको कोटामा राजबहादुर कुँवर र खुलातर्फका चन्द्रबहादुर खड्का उम्मेदवार छन । प्रदेश ६ मा अपांग-अल्पसंख्यक सिटमा जीवन बुढा, महिला कोटामा युटुल लामा र खुलातर्फ कालिबहादुर मल्लले टिकट पाएका छन । प्रदेश ७ बाट खुलातर्फ हरिराम चौधरी र दलित कोटामा लालिराम लोहारले टिकट पाएका छन ।
कांग्रेसबाट बहुविवाहमा मुछिएका उम्मेदवार
प्रदेश नम्बर ५ बाट कांग्रेसले बहुविवाहको मुद्दामा विवादित रहेका मैकुलाल बालमिकीलाई उम्मेदवार बनाएको छ । तत्कालित कांग्रेस सभापति सुशील कोइरालाले २०७० सालको संविधान सभामा समानुपातिकतर्फ बालमिकीलाई सभासद बनाएका थिए ।
कोइरलाको निधनपछि सभापति शेरबहादुर देउवा निकट भएर उनी राष्ट्रिय सभाको टिकट लिन सफल भएका छन् । कांग्रेसले प्रदेश नम्बर ५ को दलित कोटाबाट बालमिकीलाई उम्मेदवार बनाएको छ ।
माओवादीले आँखा खोसेकाले पनि अवसर पाए
नेपाली कांग्रेसले प्रदेश नम्बर ६ बाट माओवादीले तेजाव छर्किएर दृष्टिविहिन बनाएका गोपाल प्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । २०५५ साल साउन ११ गते रुकुमको चौरजहारी–११ स्थित माओवादीले शर्माको आँखामा छर्किएर दृष्टिविहिन बनाएका थिए । शर्मालाई उम्मेदवार बनाएर समग्र पार्टीको सम्मान भएको कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश वलीले बताए ।
देवले पनि पाए मौका
कांग्रेसले विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) बाट चुनावको मुखैमा कांग्रेसमा आएका जितेन्द्रनारायण देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । कांग्रेसले ५६ राष्ट्रिय सभाको सिटमा २२ सिटमा मात्रै उम्मेदवार दिएको छ ।
यी हुन् कांग्रेसका उम्मेदवार
प्रदेश नम्बर १,२ र ३ मा २-२ जना गरी ६ जना उम्मेदवार बनाएको छ । प्रदेश ४,५,६ र ७ मा ४-४ जना गरी १६ जना उम्मेदवार बनाएको छ । प्रदेश १ बाट रमेशजंग रायमाझी, (खुला) र सरिता प्रसाई (महिला) उम्मेदवार बनाएको छ । प्रदेश २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला) तथा प्रदेश ३ मा राधेश्याम अधिकारी, काठमाडौं (खुला) र धना खतिवडा, ललितपुर (महिला) उम्मेदवार बनाएको छ ।
त्यस्तै प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जितबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग) लाई उम्मेदवार बनाएको छ । । यस्तै, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला) अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकि, (दलित) र लुटबहादुर खत्री (अपांग) उम्मेदवार बनेका छन ।
प्रदेश ६ बाट उम्मेदवार बन्नेमा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित) र गोपालप्रसाद शर्मा (अपांग) छन् भने बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरिराम पार्की (दलित) र छत्रराज जोशी (अपांग) प्रदेश ७ बाट राष्ट्रियसभाका लागि उम्मेदवार भएका छन् ।
राजपा र फोरमका २-२ उम्मेदवार
कांग्रेससँग सहकार्य हुने भएपछि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीले २ जनालाई मात्रै उम्मेदवार बनाएको छ । उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार छन् ।
संघीय समाजवादी फोरमले प्रमिला यादव र रामप्रित पासवानलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर २ बाट महिलामा यादव र दलित कोटामा पासवानलाई उम्मेदवार बनाएको छ ।
जनमोर्चाका ३ उम्मेदवार
राष्ट्रिय जनमोर्चाले माघ २४ हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार बनाएको छ । जनमोर्चाले प्रदेश नम्बर ४ बाट दुई जना र प्रदेश ५ बाट एक जना गरी तीन जनालाई उम्मेदवार बनाएको हो ।
उसले प्रदेश ४ बाट खुलातर्फ कृष्ण अधिकारी र महिलाततर्फ मिना पुनलाई उम्मेदवार छन् भने प्रदेश ५ बाट खुलातर्फ रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।
अन्न्पुर्णपाेष्ट