तेह्रथुम । बुधबार वेलुकी देखी जिल्लाका माथिल्लो क्षेत्रमा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । हिउले जिल्लाको पर्यटकीय क्षेत्र पाच चपोखरी, मंगलबारे, चौकी, श्रीजुङ्ग तथा संखुवासभाको गुफा, मुडेशनिश्चरे, सुके लगायतका वजारमा हिउले ढाकेको छ ।
चौकी वजारमा हिउ जमेको स्थानिय सुरेश कुमार पाठकले वताए । वजार सहित आसपासका क्षेत्रमा हिउ परीरहेकाले स्थानिय वासिन्दाहरु घर वाहिर निस्कीन सकेका छैनन् । तिनजुरे मिल्के जलजले क्षेत्रमा हिउ परेकाले जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु प्रभावित भएका छन । हिमपात संगै अत्याधिक चिसो वढेकाले जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।