विराटनगर । १ नम्बर प्रदेशमा राखिने मन्त्रालयहरुकोे टुंगो लागाएको छ । टुंगो लगाइए अनुसार मुख्यमन्त्रीको कार्यालय विराटनगर – १२ रोडशेष चौकमा रहेको क्षेत्रीय कृषि निर्देशनालयको भवनमा रहनेछ । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय सिंचाइ कार्यालयमा रहने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
[caption id="attachment_71931" align="aligncenter" width="960"] प्रदेश प्रमुखकाे कार्यालय[/caption]त्यसैगरी क्षेत्रीय कृषि निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय रहनेछ । विराटनगर– १२ स्थित रोडशेषमा रहेको उक्त भवन तीन तले छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले २३ वटा काम गर्नेछ भने २१ जना कर्मचारी रहनेछन् ।
[caption id="attachment_71930" align="aligncenter" width="960"] मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय[/caption]त्यस्तै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहनेछ । विराटनगर – १० सोमबारे हाटमा रहेको उक्त भवन तीन तले छ । यो कार्यालयमा ४१ वटा कामका लागि ४१ जना कर्मचारी रहनेछन् ।
[caption id="attachment_71932" align="aligncenter" width="800"] खाद्य प्रविधि तथा गुण नियन्त्रण मन्त्रालय[/caption]घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय आन्तरिक मामिला तथा योजना मन्त्रालय रहनेछ । विराटनगर–३ स्थित शनिहाटमा रहको उक्त कार्यालयको भवन नयाँ हो । यो मन्त्रालयले २४ वटा काम गर्नेछ भने १८ जना कर्मचारी रहनेछन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सुनसरी मोरङ सिंचाई आयोजनाको कार्यालयमा रहने भएको छ । विराटनगर–१२ मा रहको उक्त कार्यालयको भवन २ तले छ । यो मन्त्रालयले २२ वटा काम गर्नेछ भने २४ जना कर्मचारी रहनेछन् ।
[caption id="attachment_71933" align="aligncenter" width="960"] भौतिक पूर्वाधार तथा विकास मन्त्रालय[/caption]त्यसैगरी सामाजिक विकास मन्त्रालय भने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहने भएको छ । विराटनगर–८ देवकोटा चोकमा रहेको उक्त भवन तीन तले छ । ५८ वटा काम गर्ने उक्त मन्त्रालयमा ३० जना कर्मचारी रहनेछन् ।
[caption id="attachment_71934" align="aligncenter" width="800"] सामाजिक विकास मन्त्रालय[/caption]त्यस्तै क्षेत्रीय वन निर्देशनालयको कार्यालयमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय रहने भएको छ । तुलनात्मक रुपमा अन्य मन्त्रालयभन्दा बढी काम हुने यो मन्त्रालयले ६२ वटा काम गर्नेछ र २९ जना कर्मचारी रहनेछन् । विराटनगर–४ मा रहेको यो भवन २ तले रहेको छ ।
[caption id="attachment_71935" align="aligncenter" width="800"] उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय[/caption]हाल प्रदेश प्रमुखको कार्यालय रहेको क्षेत्रीय पशु सेवा निर्देशनालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएको छ । विराटनगर–१० सोमबारे हाटमा रहेको यो मन्त्रालयको भवन २ तले रहेको छ । ३२ काम गर्न यो मन्त्रालयमा २९ जना कर्मचारी रहने छन् ।
विराटनगर–८ मा रहेको जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभा सचिवालय रहने छ । यो भवन तीन तले छ । २७ जना कर्मचारीसहित सचिवालय रहने भएपछि जिल्ला समन्वय समितिको कार्यालय सोही भवनको माथिल्लो तलामा राखिने भएको छ ।
२५ जना कर्मचारी सहितको प्रदेश प्रमुखको कार्यालय भने क्षेत्रीय सिंचाई कार्यालयमा रहने भएको छ । क्षेत्रीय पशुसेवा निर्देशनालयको कार्यालयमा रहेको प्रदेश प्रमुखको कार्यालय सारिने भएको हो । विराटनगर–१२ मा रहेको यो कार्यालय र मुख्यमन्त्रीको कार्यालय नजिकै राख्ने उद्देश्यका साथ स्थानान्तरण गर्न लागिएको हो ।
मन्त्रालयको टुंगो लगाएसँगै आइतबार केही मन्त्रालयको बोर्ड राखिने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा बोर्ड राखिसकिएको छ भने प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामला तथा कानून मन्त्रालयको बोर्ड आइतबार राखिने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिऐ । मन्त्रालय राखिने ती भवनको रंगरोगन, मर्मत सम्भार तथा प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ ।