काठमाडौं/ शेरबहादुर देउवा नेतृत्वको सरकारले धमाधम सहिद घोषणा गरेपछि नयाँ शक्तिका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा बाबुराम भट्टराईले आक्रोश व्यक्त गर्दै प्रचण्डलाई प्रश्न गरेका छन् । यदि तत्कालीन “जनयुद्ध” का कमाण्डरको हैसियतले प्रचण्डले जिम्मा नलिएमा आफूले लिने दाबी समेत गरेका छन् ।
सरकारले सोमबार मन्त्रिपरिषद् वैठक बसी सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘सरकारले धमाधम शान्ति सम्झौता विपरित सत्य निरुपण र बेपत्ता आयोगहरुको काम नसकिँदै विद्रोही पक्षबाट मारिएकाहरुलाई मात्र सहिद घोषणा गर्ने काम गरिरहेको छ । त्यसबारे जनयुद्धका कमाण्डर प्रचण्ड के भन्नुहुन्छ ? अन्यथा क्रान्तिकारी जनपरिषद्को प्रमुखको हैसियतले मैले जिम्मेवारी लिनुपर्ने हुन्छ !’
तर, सरकारले कति जनालाई र कस कसलाई सहिद घोषणा गर्यो भन्ने बारेमा स्पष्ट जानकारी गराइसकेको छैन । सरकारले नितिगत निर्णय गरे पनि द्धन्दकालमा मारिएका राष्ट्रसेवकको संख्या एकीन पनि नभएको सरकारका प्रवक्ता मन्त्री मोहन बस्नेतले बताए।