काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । ५६ सिटमध्ये एमालेले २६ सिटमा जित हासिल गरेको छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसले १३, १३ सिटमा जित हासिल गरेका छन् । भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले २, २ सिट जित हासिल गरेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा अब बाँकी रहेका ३ जना सरकारले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । तर कुन सरकारले गर्ने भन्नेमा प्रमुख दलभित्र विवाद कायमै छ ।