तरहरा । इटहरी २० तरहराका बहत्तर लिम्बुले आफ्नो विवाहको दिन तरहराकै स्पाइनलका बिरामी मोति परियारलाई ७२ हजार सहयोग गरेका छन । करिब ६÷७ बर्षदेखि स्पाइनलका बिरामी रहेका परियारलाई बुधबार आफ्नो विवाहको अवसरमा तरहराका बहत्तर लिम्बु र शोभा लिम्बुले नगद ७२ हजार रुपैँया सहयोग गरेका हुन् । विवाह भएको सुखद अवसरमा हामी नव दम्पतीले सहयोग गरेका हौँ उनले भने । हामीले उनको उपचारमा सहयोग पुगोस भनेर ७२ हजार दिएको हौ उनले थपे । यसअघि तरहराका केही युवाहरु शिवु राई,बहत्तर लिम्बु,उमेश राई,जीवन गिरी लगायतको सक्रियतामा बजारमा पैसा उठाई उनको उपचारको लागी १२ हजार रुपैँया सहयोग गरिएको थियो । विरामी मोतिको तरहरामा टेलरिङको पसल समेत छ । स्पाइनल कडको अप्रेसन गरेको र यो उपचार नेपालमा नहुने भएकाले सिलगढीमा गराउनुपर्ने उनले बताए । सो ठाउँमा उपचार गराउँदा धेरै खर्च लाग्ने र आँफूसँग पर्याप्त रकम नभएकोले अन्यलाई समेत सहयोग गर्न उनले अपिल मोतिको अफिल छ ।