विराटनगर । जिल्ला कारागार मोरङ विराटनगरमा आगूऔषधको मुद्दामा कैदा भुत्तान गर्दै आएका उमेशकुमार चौधरी आँखाको उपचारको गर्ने बहनामा फरार भएको दश दिनपछि पक्राउ परेका छन् ।
मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी फरार कैदी चौधरीलाई बुधबार राती काठमाण्डौबाट पक्राउ गरेको हो । उर्लाबारी – ७ घर भएका चौधरी आँखाको उपचार गर्नुपर्ने भन्दै प्रहरीलाई झुक्याएर १५ माघमा फरार भएका थिए । लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाए चौधरीलाई तोकिएको थियो । ‘फरार भएको १० दिनपछि काठमाण्डौंबाट कैदीलाई पक्राउ गरेका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले भने, ‘बिहीबार साझसम्म कैदीलाई विराटनगर ल्याउछौं ।’ कैदी चौधरीलाई बिहिबार दिउँसो मोरङ प्रहरीमा ल्याएर पत्रकार सम्मेलन गर्ने प्रहरीले तयारी गरेको थियो । पिलेनको टिकट नपाउँदा गाडीबाट ल्याउनुपर्ने भएकाले ढिलो भएको बताइएको छ ।
कैदीलाई उपचारमा लिएर गएका सप्तरी घर भएका प्रहरी हल्दार अशोक कुमार साह पूर्वपक्षका लागि कारागार चलान भएका छन् भने प्रहरी सायक निरीक्षक हरी बहादुर कार्की निलम्बनमा परेका छन् । प्रहरी सायक निरीक्षक त्यसदिन कारागारको निमित्त इन्चार्ज रहेका थिए ।
प्रहरी हल्दार साहले कैदीलाई भगाउन सहयोग पु¥याएको भन्दै कारागार ऐन अन्गर्त मोरङ प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङको आदेश अनुरुप प्रहरी हल्दार चौधरीलाई मंगलबार पूर्वपक्षको लागि मोरङ जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।