काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिड्ने भएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उम्मेदवारी फारम भने लगेका थिए ।
मुख्यमन्त्रीका दावेदार केशव स्थापित, सानु श्रेष्ठ, रामेश्वर फुयालले पनि उम्मेदवारी दर्ता गरेनन् ।