विजयपुर/धरान उप महानगरपालिकाकाले स्थानिय स्तरमा हुने लैङगिक हिंसा तथा बालबालिकामाथि हुने हिंसालाई न्युनिकरण गर्ने अभियान थालेको छ ।
खासगरि महिलाहरुमाथि हुने हिंसा र वालवालिकामाथि हुने हिंसालाई न्युनिकरण गर्न अब वडाका महिला सदस्यहरुलाई सक्रिय बनाउने योजना धरान उपमहानगरपालिकाले बनाएको छ ।
धरान उप महानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले अब प्रत्येक वडाका महिला सदस्यहरुको सक्रियतामा महिला तथा वाल हिंसालाई न्युनिकरण गर्ने प्रयास थालिने जानकारी दिइन ।
वडाहरुमा हुने बिबाद समाधान गरि मेलमिलाप गराउने अभियानमा महिला जनप्रतिनिधिहरु सक्रिय हुनु पर्ने भन्दै उनले भनिन् ‘कस्ता बिषय मेलमिलाप गराउने र कस्ता बिषयमा मेलमिलाप नगराउने भन्ने बिषयमा हामी कानुनबिद्हरु सहित राखेर प्रशिक्षण समेत दिने छौ ।
धरान उप महानगरपालिकाले पहिलो चरणमा वडा महिला सदस्य र दलित महिला सदस्यहरुलाई ‘महिला हिंसा र कानुनी अधिकार’ बिषयक दुई दिने अभिमुखिकरण कार्यक्रमपनि गरेको छ ।
पहिलो चरणमा वडा नम्बर १ देखि १० सम्ममा महिला वडा सदस्य तथा दलित महिला सदस्यलाई र दोश्रो चरणमा वार्ड नम्बर ११ देखि २० सम्मका महिला सदस्य तथा दलित महिला सदस्यहरुलाई धरान कानुन ब्यबसायी क्लबको सहयोगमा अभिुमखिकरण तालिम दिइएको धरान उप महानगरपालिकाका बरिष्ट सामाजिक बिकास अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।
दुई चरण गरि चार दिन सम्म भएको अभिमुखिकरणमा धरान कानुन ब्यबासायी क्लबका तर्फबाट बिरेन्द्रबहादुर बस्नेत,अनिता राई लिम्बु,तुलशीप्रसाद वस्ती,बलराम राई,नर्वदा निरौला,राजेन्द्रकुमार लङवा,दर्शन राई,अच्युतानन्द भट्टराई र अमृतकुमार श्रेष्ठले सहजीकरण गरेको खतिवडाले बताए ।
दोश्रो चरणको अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न हुदै छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले परिवार,समुदाय र समाजमा हुने कतिपय बिबादहरु छलफलर मेलमिलापबाट समाधान हुने र त्यसैले सभ्य समाजको निर्माण हुने बताए ।
महिलाहरु कानुनी अधिकार र त्यसलाई प्राप्त गर्ने प्रकृया थाहा नभएर अलमलिएको हामीले देखेका छौ,त्यस्तो अबस्थाको अन्त्य हुनु पर्छ प्रमुख प्रशासकिय अधिकृत तिम्सीनाले भने ‘ स्थानिय तहलाई दिइएको कानुनी अधिकार अब जनजनमा पु¥याउनु पर्ने देखिन्छ ।