काठमाडौं– नेकपा एमाले प्रदेश नं ३ को संसदी दलको नेतामा डोरमणी पौडेल विजयी बनेका छन् । शुक्रबार दलको नेताका लागि भएको निर्वाचनमा पौडेल ३४ मत ल्याएर दलको नेतामा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएकी थिइन् । पौडेल संस्थापन पक्षका हुन् भने शाक्य माधव नेपाल समुहकी हुन् । यो सँगै प्रदेश नंम्बर ३ को मूख्यमन्त्री हुन पौडेललाई बाटो खुला भएको छ । पौडेल हेटौडा निवासी हुन् । यसैवीच संसदीय दलको नेतामा पराजय भोगेकी शाक्यले आफूविरुद्ध पार्टी अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको आरोप लगाइन् ।
उनले ओलीले गरेको षडयन्त्रका कारण आफुले हार व्यहोर्नु परेको भन्दै यो पार्टी र केपी ओलीका लागि नै घातक हुने चेतावनी दिइन् । उनले आफुलाई हराउन अध्यक्ष ओली लागेर समग्र महिला आन्दोलनकै अपमान गरेको बताइन् ।