काठमाडौं/ स्थानीय तहहरुले जनप्रतिनिधि पाएको चारदेखि नौ महिना बितिसक्दा पनि कर्मचारी अभावको समस्या झेलिरहेका छन् । सरकारले समयमै निर्णय दिन नसक्दा र स्थानीय तहमा नजाने केन्द्रीय मन्त्रालयका कर्मचारीहरुको हठका कारण समस्या सुल्झेको छैन । अधिकांश स्थानीय तहले एक तिहाइ कर्मचारी पनि पाउन सकेका छैनन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार हालसम्म स्थानीय तहमा खटिएका कर्मचारीको संख्या करिब १७ हजार छ । जबकि, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार करिब ५४ हजार कर्मचारी आवश्यक पर्छ । यो हिसाबले स्थानीय तहमा अझै करिब ३७ हजार कर्मचारी अपुग छन् ।

मन्त्रालयकै सर्वेक्षणअनुसार एउटा गाउँपालिकामा मात्र ५९ भन्दा बढी कर्मचारी आवश्यक पर्छ ।

सचिव थपलियाका अनुसार साविकका स्थानीय निकायकै कर्मचारी स्थानीय तहमा खटाइएको छ ।

तर, हरेक स्थानीय तहले १० देखि १५ कर्मचारी पनि पाउन सकेका छैनन् । गोरखाको भीमसेन थापा गाउँपालिकाकै उदाहरण हेरौं । उक्त गाउँपालिकामा ५० भन्दा बढी कर्मचारी आवश्यक छन् । अध्यक्ष ईश्वरी पाण्डेका अनुसार २० जना मात्र कार्यरत छन् ।

सकसपूर्ण समायोजन

अस्थायी व्यवस्थापनमा पनि अलमल

कर्मचारीले औंल्याए मापदण्ड अभाव

अनलाइनखबरबाट