विजयपुर/धरान उपमहानगरपालिकाले अन्य स्थानिय तहलाई उछिन्दै अर्धबार्षिक समिक्षा गरेको छ । धरान नगर सरकारले जनप्रतिनिधि निर्बाचित भएर आएपछि हासिल गरेको उपलब्धि र हाल सम्मको कार्य विवरण सार्वजनिक गर्न शनिबार समिक्षा कार्यक्रम राखेको थियो ।
[caption id="attachment_72686" align="aligncenter" width="1024"]
समिक्षा कार्यक्रममा सहभागि सराेकारवाला । तस्विर उपेन्द्र चाम्लिङ /ब्लाष्टखबर[/caption]
समिक्षा कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेशका संसद प्रदिपकुमार भण्डारीले धरान सरकारले छ महिनामा हासिल गरेको उपलब्धि सन्तोषपुर्ण भएको बताए । निर्वाचित भएर आउनै बित्तिकै पुर्व तयारी बिना नै आएको निती कार्यक्रम,बजेट र स्थानिय सरकार सञ्चालनका लागि प्रयाप्त कानुनको अभाबका बिचमा धरान सरकारले हासिल गरेको उपलब्धि सन्तोषपुर्ण भएको बताए ।
बिकासका कामहरु चमत्कारीक रुपमा भन्दापनि क्रमागत रुपमा हुने भन्दै उनले जनप्रतिनिधि निर्वाचित हुने बित्तिकै चमत्कार खोज्न नहुने भन्दै उनले धरानका धेरै योजनाहरु कार्यान्वयनको पक्षमा गएको देख्दा खुसी लागेको बताए । प्रदेश सरकार बन्ने प्रकृया सुरु भएको र सरकार बनेपछि धरानको बिकासकालागि थप बल मिल्नेपनि उनले बताए । नेपाल पत्रकार महासघं सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले धरान सरकारले हाल सम्म हासिल गरेको उपलब्धिले जनप्रतिनिधीहरु आएपछि बिकासका कार्यले गति लिएको बुझ्न सकिने बताए ।
यो समिक्षा कार्यक्रम नै अन्य स्थानिय तहले गर्न नसकि एरहेको अबस्थामा धरानले सुरु गरेको भन्दै उनले नगर सरकारले पारदर्शीता अपनाउन खोेजेको भन्दै उनले समिक्षा कार्यक्रमलाई नियमित गर्नु पर्ने सुझाब दिए । कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र धरानका इन्चार्ज चोत्लुङले नगर सरकारले छ महिनामा गरेको कार्यहरु उपलब्धिमुलक भएको बताए ।
बिभिन्न कानुन ,प्रयाप्त जनशक्ति र श्रोतका अभाबका बिचमा यतिको उपलब्धि हासिल गर्नु सानो कुरा हैन,यो उपलब्धिमुलक प्रगती देखिन्छ ।उनले राजश्व संकलन,पर्यटन विकास र बिकास निर्माणका केन्द्रिय योजनाहरुलाई प्राथमिकतामा राख्नपनि सुझाब दिए ।्
उनले वडाहरुलाई कार्य सम्पादनको मुल्याङन गरि पुरस्कृत गर्ने ब्यबस्था सुरु गर्नपनि सुझाब दिए । नेकपा एमाले धरानका कार्यबाहक अध्यक्ष नारायणप्रसाद सुबेदीले स्थानिय तहहरु मध्ये धरानले छ महिनाको प्रगति बिबरण सार्बजनिक गर्दै समिक्षा गर्नु पारदर्शीता अपनाउने कार्य भएको भन्दै प्रसंसा गरे । उनले जनतामा नगर सरकार प्रति धेरै नै अपेक्षा भएको बताउदै त्यसलाई सम्बोधन गर्दै जानुपर्ने बताए ।
धरान उपमहानगरपालिकाका सल्लाहकार तथा मितेरी बैक धरानका सिइओ तुलशीप्रसाद वस्तिले धरान सरकारले प्रयाप्त कानुन,नियम,ऐन हरुको अभाबका बिच हासिल गरेको उपलब्धि सन्तोषपुर्ण रहेको बताए । अब प्रदेश सरकार बनेपछि स्थानिय सरकारलाई काम गर्ने थप सहजता मिल्ने र आगामी बर्षको अर्धबार्षिक समिक्षामा यो भन्दा राम्रो उपलब्धि हुने उनले बिश्वास गरे ।‘यो समिक्षाले जनप्रतिनिधिले हाल सम्म के के कार्य गरे भन्ने देखाएको भन्दै उनले चालु आर्थिक बर्षको अन्य सम्ममा पुर्ण लक्ष्य हासिल गर्ने गरि कार्य सम्पादनको गति बढाउनपनि सुझाब दिए ।
वडाध्यक्षहरुको तर्फबाट बोल्दै २ नम्बर वडा समितीका अध्यक्ष माधब गोबिन्द श्रेष्ठले हाल सम्म भएको उपलब्धिलाई ध्यानमा राखेर यो आर्थिक बर्षमा तय गरिएको लक्ष्य पुरा हुनेमा आफु बिश्वस्त रहेको बताए ।उनले जनताको अपेक्षालाई ध्यानमा राखेरै जनप्रतिनिधिले काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै धरान सरकारका प्रमुख तारा सुब्बाले पुस मसान्त सम्म हासिल गरेको उपलब्धिले आफुलाई खुसी लागेपनि आफुले सोचे जस्तो हुन नसकेको बताए ।‘यो प्रगति राम्रै भन्ने प्रतिकृया पाएको छु तरपनि मेरो मन सन्तुष्ट भएको छैन,अबको छ महिनामा पुर्ण लक्ष्य हासिल गर्ने प्रयास हुनेछ ’प्रमुख सुब्बाले भने ।
उनले बिकासका कतिपय कामहरुमा लामो समयदेखिका बिबादहरु रहेको भन्दै त्यसलाई समाधान गरेर अगाडि बढ्ने प्रयास भईरहेको बताए ।अर्धबार्षिक समिक्षाबाट बिकासका कामलाई अझ गति दिनु पर्ने सुझाब आएको छ यसलाई हामीले आत्मासाथ गर्ने छौ सुब्बाले भने ।
धरान उप महानगरपालिकाकी उप प्रमुख मन्जु भण्डारी सुबेदीले जनताको आशा र विश्वासलाई सम्मान गर्दै नगर सरकारले कार्य गरि रहेको बताइन । उनले जनताबाट प्राप्त सुझाबलाई सम्बोधन गर्ने र काम गर्ने क्रममा भएका कमीकमजोरीलाई सुर्धादै जाने बताइन ।
कार्यक्रममो औचित्य प्रष्ट्यादै प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीनाले समिक्षा कार्यक्रममा ब्यक्ति भएका कुरालाई जनता माझमा पु¥याउने बताए । उनले अन्य स्थानिय सरकारले भन्दा धरानले हरेक कोणबाट कार्य सम्मादनमा उपलब्धि हासिल गरेको बताए ।
उता नेपाली काङग्रेसका धरान सभापती तिलक राईले भने यस बिषयमा पछि प्रतिकृया दिने बताएका छन् । उनले कार्यक्रममा उपस्थित हुन नपाएकाले तत्काल प्रतिकृया नदिने बताए ।
विकास निर्माण तथा बित्त तर्फकाे पाैस महिना सम्मकाे उपलब्धि
भौतिक प्रगती (चालु तर्फ)
जम्मा आयोजना–३८०
नगर स्तरिय आयोजना संख्या –१०७
वडा स्तरिय आयोजना – १९५
प्रकोप ब्यबस्थापन– ३७
मर्मत सम्भार –१४
बिबिध–२७
कार्य सम्पन्न –९८
भौतिक प्रगती (क्रमागत)
जम्मा आयोजना–३४
सम्झौता हुन बाकी –०
चालु संख्या –९
कार्य सम्पन्न–२५
सडक बत्ति ब्यबस्थापन तर्फ
जम्मा पोल संख्या –१५,२३१
बत्ति फेरेको–४,१०४
मर्मत गरेको–५,१९७
बित्त प्रगति (आय)
जम्मा अनुमानित आय –१ अर्व ५५ करोड,१४ लाख ५ हजार
यथार्त आय –६८ करोड,३३ लाख ४८ हजार २ सय २०
जम्मा ४४.०५ प्रतिसत
बित्त प्रगति (ब्यय)
अनुमानीत ब्यय ––१ अर्व ५५ करोड,१४ लाख ५ हजार
यथार्त ब्यय–४६ करोड,१२ लाख,२० हजार ६ सय ७२
जम्मा २९.७३ प्रतिसत