काठमाडाै । अबको एक दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
आइतबार पश्चिमको एक दुई ठाउँमा हल्का पानी पार्ने पश्चिमी वायु रातिसम्ममा देशभरि नै फैलने भएकाले भोलि र पर्सि धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ । बुधबारदेखि भने मौसममा सुधार हुने उहाँको अनुमान छ ।
गएराति पश्चिममा प्रवेश गरेको पश्चिमी वायु आइतबार रातिसम्ममा देशभरि नै फैलिएर भोलिदेखि पानी पर्ने अनुमान गरिएको मौसमविद् श्रेष्ठको भनाई छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात हुने भएकाले सतर्कता अपनाउन पर्वतारोहीलाई उहाँको सुझाव छ ।
पश्चिमी वायुकै प्रभावले आइतबार देशभरी कै मौसम आंशिक बदली भए पनि पश्चिमको मौसम भने खुल्ने सम्भावना नभएको मौसमविद्को श्रेष्ठले बताउनुभयो ।