विराटनगर/ इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियानु अन्तर्गत ५सय लि मदिरा बरामद गरेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकी मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैधरुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ।

प्रहरीले उक्त स्थानबाट ६५ थान भाँडावर्तन र करिब चार हजार ठ लि कच्चा पदार्थ (जाँड) बरामद गरेको छ।

रासस