विजयपुर/धरान उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाहरुको अनुगमन सुरु गरेको छ । धरानका २० वडा वडामा नगर स्तरिय र नगर स्तरिय योजनाहरु चालु रहेको र योजनाहरुलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न अनुगमन गर्न थालिएको धरान उप महानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले बताईन ।

उप महानगरले पहिलो चरणमा २० नम्बर वडामा सन्चालन भएका नगर स्तरिय र वडा स्तरिय योजनाको आइतबार अनुगमन गरेको छ ।धरान उप महानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीको नेतृत्वमा गएको वडाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सीना सहितको टोलिले वडामा सञ्चालन भएका योजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनमा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारम,धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई,धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले,धरान उप महानगरपालिकाका बरिष्ट सामाजिक बिकास अधिकृत गणेशप्रसाद खतिवडा,योजना अधिकृत किरण भुजेल,तथा प्राबिधिक कमल राई सहितको टोलि गएको थियो ।

अनुगमनका क्रममा धरान २० का वडाध्यक्ष मनिकुमार राईले नगर तथा वडाको बजेटबाट सञ्चालन हुने योजनाहरुको काम सबै अगाडि बढेको बताए । हामीले प्राप्त गरेको योजनाहरु सबै चालु अबस्थामा रहेका छन् वडाध्यक्ष राईले भने ।९०प्रतिसत काम हामीले सकेका छौ अब बाकी काम सम्पन्न गर्छाै उनले भने ।

चालु आर्थिक बर्षमा वडा नम्बर २० मा नगर तथा वडाका गरि २० वटा योजना सञ्चालनमा छन् ।२० वडा योजना मध्ये पुस मसान्त सम्ममा ६ वटा योजनाहरु सम्पन्न भएका छन् भने १४ वटा योजनाहरु चालु अबस्थामा छन् ।क्रमागत तर्फको एउटा योजना भने सम्पन्न भई सकेको वडाध्यक्ष मनिराम राईले बताए ।

धरान उप महानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले २० नम्बर वडाले भौतिक निर्माण तर्फ उत्साहजनक कार्य गरेको प्रतिकृया दिईन ।‘सबै योजनाहरु पुर्ण रुपमा चालु रहेको पाईयो,प्राबिधिक पक्षबाटपनि कार्य राम्रो भएको जानकारी भएको छ उप प्रमुख सबेदीले भनिन्’‘भौतिक निर्माण तर्फ स्थानियबासीको उत्साहपनि निकै राम्रो रहेछ ।

अनुगमन टोलिले १३ सय ४० मिटरको बुडाहाङ मार्ग,कार्किछाप,उदयमार्ग,कालिमाटि र पिपलडाँडा जोड्ने ६ सय मिटरको उदयमार्ग,भ्यु टावर निर्माण स्थल,भन्ज्याङ बराहक्षेत्र ९ सय १० मिटर को सडक लगायतको अनुगमन गरेको थियो ।