भद्रपुर । विद्यालय स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा एक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । झापाको हल्दीबारी गाउपालिका ३मा रहेको लक्ष्मी माध्यामिक विद्यालयले ‘शिक्षित तथा समृद्ध समाजको निर्माण हाम्रो अभियान’ भन्ने नारासहित यहि फागुन २ र ३ गते विविध कार्यक्रमका साथ महोत्सव सम्पन्न गर्ने भएको हो ।
विद्यालयले आइतबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव मनाउने विषयमा जानकारी गराएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदै कार्यक्रमलाई पुर्व सञ्चार मन्त्री तथा एमाले प्रदेश नम्बर १ का संसदिय दलका नेता शेरधन राईले उद्घाटन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद दहालले जानकारी गराएका छन् । विद्यालयलाइ निःशुल्क रुपमा एक विगाह जग्गा दान दिने कुपितनारायण किस्कु(सन्थाल)को शालिक,स्वर्ण स्तम्भको अनावरण ,विभिन्न समयमा विद्यालय सञ्चालनमा योगदान पुर्याउने लाई सम्मान,जिल्ला शिक्षा कार्यालयवाट प्राप्त अनुदानमा निर्मित चार कोठे भवनको शिलान्यास लगायतको विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सम्पन्न गरिने प्रधानाध्यापक दहालले जनाए । महोत्सवको अवसर पारेर माघ २१ देखि विभिन्न खेदकुद सप्ताह सम्पन्न साथै २८ र २९ गते अन्तर माध्यामिक भलिवल खेल भइरहेको समेत दहालले बताए । महोत्सव सञ्चालनमा ६ लाख जति खर्च अनुमान गरिएको छ भने गाउँपालिका लगायत अन्य संघ संस्थासग सहयोग जुटाउने कार्य भइरहेको उनले जनाए । सोहि कार्यक्रममा खेलकुद विकास समिति हल्दीबारीका अध्यक्ष महेश मेचेले विद्यालयको लागि खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।
वि.स २०२१ सालमा तत्कालिन हल्दीबारीका प्रधानपञ्च कुपितनारायण किस्कुले व्यत्तिगत लगानीमा खोलेको सो विद्यालय २०२४ सालमा समुदायमा हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश मीश्रले जानकारी दिए ।
लक्ष्मी माविले स्वर्ण महोत्सव मनाउने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























