पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ र ५ नम्बर वडालाई एक कार्यक्रमको बिच खुल्ला दिशा मुक्त घोषणा गरेको छ । आइतबार वडा नम्बर २ स्थीत वडा कार्यालयको प्राङ्गणमा क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकाल, क्षेत्र नम्बर ३, क्षेत्र ‘क’का प्रदेश सांसद सूयर्माराज राई, जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेल,जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति मोरङका प्रमुख राजेन्द्र प्रसाद न्यौपानेको उपस्थीतमा खुल्ला दिशा मुक्त घोषणा गरेको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सांसद ढकालले शौचालय निमार्ण गरेर मात्र नहुने भएकाले शौचालय प्रयोग अनिवार्य गर्नुपर्ने वताए । उनले भने –‘घोषणा मात्र गरेर हुर्दैन खुल्ला दिशाको अनुगमन गर्न गरिरहनु पर्छ । खुल्ला दिशा,पिसाब गर्नु भनेको अपराध गरेको भन्दा ठुलो अपराधी हो ।’ त्यसैगरी कार्यक्रममा बोल्ने क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेलले प्रत्येक वडामा एकउटा ठुलो सार्वजानीक शौचालय हुनु पर्ने र गाउँपालिकाको प्रत्येक बजारहरुमा सार्वजानीक शौचालय अनिवार्य बनाउनु पर्ने सुझाब दिएका थिए । मोरङ जिल्ला लाई सन २०१५ भित्र खुल्ला दिशा मुक्त घोषणा अभियान रहेको थियो तर अभियान अन्तरगत काम सफल हुन सकेको छैन । कानेपोखरी गाउँपालिका वडा नम्बर ३,४,६ र ७ साविक बयरवन गाविस २०७० सालमै खुल्ला दिशा मुक्त घोषणा गरिसकेको छ । अव साविक होक्लाबारी गाविस तथा कानेपोखरी गाउँपालिका वडा नम्बर १ घोषणा हुन बाँकी रहेको छ, त्यस वडालाई पनि छिट्टै घोषणा गरेर खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपाने बताउँछन् । २०६८ को जनगणना अनुसार वडा नम्बर २ मा १३६८ घरसंख्या र महिला पुरुष गरी ५९४१ जनसंस्खया रहेको छ । त्यसैगरी वडा नम्बर ५ मा महिला पुरुष ६७७६ जनसंख्या र १५५८ घर संख्या रहेको छ । गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकिय अघिकृत नारायण न्यौपाने,वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी र वडा नम्बर ५ का चरण गुरुङ,जनएकता साकोसका अध्यक्ष भोल अधिकारी, नेकपा एकाले पार्टीबाट भेषनाथ रिजाल,स्वास्थ स्वमसेवीकाहरुको उपस्थीत रहेको थियो । कार्यक्रम संचालन गाउँपालिकाका स्वास्थय बिभागका प्रमुख बुद्धिमान बस्नेतले गरेका थिए ।